नेपालको न्यायिक समिति संसारको नयाँ अभ्यास : डा.विष्णुराज उप्रेती



धादिङ ।

द्वन्द्व तथा निति विज्ञ डा. विष्णुराज उप्रेतीले नेपालमा प्रयोगमा ल्याइएको न्यायिक समितिको काम संसारकै नयाँ अभ्यास भएको बताउनुभएको छ ।

नीलकण्ठ नगरपालिकाले मेलमिलापकर्ताहरुका लागि आयोजना गरेको तालिमको अबसरमा धादिङबेसीमा आफ्नो अनुभवबार बताउँदै नयाँ अभ्यासले न्यायिक क्षेत्रमा जनताको पहुँचको प्रत्याभुति गर्दै लानु पर्ने बताउनुभयो ।

जनताले निर्वाचित गरेको निकायले जनताको विवाद र समस्इामा इजलासको रुपमा बसेर न्याय निरुपण गर्ने संबैधानिक व्यवस्था नेपालमा अभ्यास गरिएकोले यो संसरले सिक्नु पर्ने द्वन्द्वबिद तथा निति विज्ञ उप्रेतीले बताउनुभएको हो ।

जनताले अनुभुतिगर्ने खालको भएपनि नगरपालिका, गाउँपालिकामा प्रमुख र उपप्रमुखको बेमेल भएको स्थानमा भने प्रभावकारी नभएपनि यसलाई उदाहरण र द्वन्द्व समाधानको स्थानको रुपमा उपयोग गनुपर्ने बताउनुभयो ।

रुवाण्डाको हुतु र तुत्सी समुदायको जातीय द्वन्द्वमा फसेको रुवाण्डाको उदाहरण दिँदै नेता क्षमतावाल, डायनामिक, यच्छाशक्ति, जनताप्रति प्रतिवद्ध भयोभने १५ वर्षमा परिवर्तन भएजस्तै गर्न सक्ने बताउनुभयो । अझैसम्म पनि माओवादी द्वन्द्वको निकारणका लागि मेलमिलाप, क्ष्मतादान तथा परिपुरणका लागि नेताहरुलाई पटक पटक भनेपनि अझैँ राजनीतिक रुपले समाधान गर्न खोज्दा विवाद भएर समाधान हुन नसकेको उहाँको तर्क थियो ।

नीलकण्ठ नगरपालिका उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा शान्तिशिक्षा बिद प्रा डा. राजकुमार ढुंगाना, उपराष्ट्रपतिको परराष्ट्र सल्लाहकार विनोदकुमार पौडेल लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्