सिकाली हर्बलको चिया चखाई र योग, ध्यान कार्यक्रम



काठमाडौं ।

ललितपुर जिल्लाको खोकनास्थित सिकाली हर्बल र काठमाडौंको चावहिलस्थित नेपाल टी एक्सचेन्जको संयुक्त तत्वावधानमा शनिबार काठमाडौंमा एक टी टेष्टिंग(चिया चखाइ) तथा योग र ध्यान सम्बन्धी कार्यक्रम सम्पन्न भएकाे छ ।

सो कार्यक्रममा सिकाली हर्बलका बजार व्यवस्थापक वविता बुढाले क्यामोमाइल, रोजमेरी, हिबिस्कस लगायतका जडीबुटीले युक्त चिया पिउनाले हुने विभिन्न लाभका बारेमा प्रकाश पार्दै नेपालमै पाइने विभिन्न जडिबुटीले युक्त हर्बल चियाको प्रवध्र्दन गर्नसके त्यसले राष्ट्रिय अर्थतन्त्रमा टेवा पुग्ने विचार व्यक्त गरे ।

अन्तरराष्ट्रिय योग दिवसको अवसर पारी आयोजना गरिएको सो कार्यक्रममा पत्रकार शिरीषवल्लभ प्रधानले मानसिक र शारीरिक स्वास्थ्य तन्दुरुस्त राख्न योग, प्राणायाम र ध्यानको महत्वमाथि प्रकाश पार्दै योग तथा ध्यानबारे आफ्नो अनुभव पनि साटेका  थिए ।

सो अवसरमा सहभागीहरुलाई प्राणायाम तथा ध्यान सम्बन्धी छोटो अभ्यास पनि गराइएको थियो ।

प्रतिक्रिया दिनुहोस्