राजनितीभित्र अपराधीकरण भइरहेको छ : नेता कोइराला



काठमाडौं ।

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिले राजनितीभित्र अपराधीकरण भइरहेको बताएका छन् ।

पछिल्ला दिनहरुमा राजनीतिज्ञ, ब्यावसायी र कर्मचारीहरु एक ठाउँमा उभिएको प्रसङ्ग उल्लेख गर्दै कोइरालाले भने-जुन देशमा यी तीन समूह एक ठाउँमा उभिन्छन तब बिध्यमान ऐन कानुनहरु गौण रहन्छ र देश बर्बादीको बाटोमा लाग्छ ।

राजनीतिलाई अपराधीकरणले गाँजेकै कारण देशमा भ्रष्टाचार बढेर गएको र जनताले सुशासनको अनुभुती गर्न नपाएको पनि बताए ।

कोइरालाले चारैतिरबाट देश संकटमा परेको बताए । रेमिटेन्सले देश चलिरहेको छ । आर्थिक अवस्था राम्रो छैन । यस्तो अवस्थामा देश जति बेला पनी कोल्याप्स गर्न सक्छ- कोइरालाले भने ।

जब मानिसको सबै अङ्गले काम गर्न छोड्छ तब जति उपचार गरेपनि शरीर ठिक नहुने भन्ने प्रसङ्ग उल्लेख गर्दै कोइरालाले अहिले देश त्यही अवस्थामा पुगेको बताए ।

नेपाल मुस्लिम संघ मोरङको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै कोइरालाले यो सरकार लामो समय नटिक्ने चेतावनी दिए । कोइरालाले अहिले कांग्रेस आफ्नो पार्टी संगठनको काममा लाग्ने भन्दै आफुहरु सरकार ढाल्ने काममा लाग्ने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्