जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ



काठमाडौं ।

गोकर्णेश्‍वर नगरपालिका-८ गोकर्ण बेशीगाउँस्थित सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-२ घर भएका ३० वर्षीय निमा लामाको खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा लामा समेत ६ जनालाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३६ हजार २ सय ६० रूपैयाँ र ३ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्