जंगली च्याउ खाँदा एक जनाको मृत्यु, ४ जना बिरामी



काठमाडौं।

जंगली च्याउ खाएर बिरामी परेका एक जनाको मृत्यु भएको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–६ हिलेखर्कका ८५ वर्षीया द्रोणपति गुरुङको मृत्यु भएको प्रहरीले बताएको छ ।

च्याउ खाएर बिरामी गुरुङको चितवनस्थित अस्पतालमा उपचार भइरहेकामा शुक्रबार मृत्यु भएको प्रहरीले जानकारी दिए ।

अन्य चार जनाको अवस्था भने खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्