अमेरिकाविरुद्ध वेष्ट इण्डिजको शानदार जीत



काठमाडौँ।

आईसीसी टी–२० विश्वकप क्रिकेटमा वेष्ट इण्डिजले अमेरिकालाई ९ विकेटले पराजित गरेको छ ।सुरुमा बयाटिङ गरेको अमेरिकाले दिएको १ २९ रनको लक्ष्य पछ्याएको वेष्ट इण्डिजले १०.५ ओभरमा १ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । उसका लागि साइ होपले ३९ बलमा ८ छक्का र ४ चौकाको मद्दतमा सर्वाधिक ८२ रनको योगदान गरे ।

अमेरिकाका लागि हरमीत सिंहले एक विकेट लिए । यसअघि ब्राइडटाउनमा टस हारेर पहिले ब्याटिङमा आएको अमेरिकाले १९.५ ओभरमा अलआउट हुँदै १ सय २८ रन जोडेको थियो । अमेरिकाका आन्द्रेस गौसले सर्वाधिक २९ रन बनाउँदा नितिश कुमारले २० रन जोडे ।

वेष्ट इण्डिजका आन्द्रे रसेल र रोस्टन चेसले ३–३ विकेट लिए भने अल्जारी जोसेफले २ र गुणाकेस मोतीले १ विकेट लिए । यो जितसँगै समूह २ मा रहेको वेष्ट इन्डिजले २ खेलबाट २ अंक जोडेको छ । अमेरिका भने अंकविहीन छ ।

प्रतिक्रिया दिनुहोस्