विश्व सङ्गीत दिवसमामा विशेष साङ्गितीक कार्यक्रम



उदयपुर ।

उदयपुरको गाईघाटमा शुक्रबार त्रियुगा सङ्गीत विद्यालयले शुक्रबार एक विशेष साङ्गितीक कार्यक्रमको आयोजना गरी विश्व सङ्गीत दिवस मनाएको छ ।

त्रियुगा सङ्गीत विद्यालयका निर्देशक शैलेन्द्र खतिवडाको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख तथा जिल्ला न्यायाधिवक्ता उत्तम श्रेष्ठले सङ्गीत समाजको मनोरञ्जनको साधन मात्र नभएर जीवन यापनको साधन समेत र अहिले व्यवसायिक रुपमा पनि सङ्गीतलाई लिइएकोले यसकने महत्व बढ्दै गएको बताए ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य मोहन खत्रीले मानव जीवनमा सङ्गीत सबैले मन पराउने र गाउँ घरमा भजन किर्तन तथा रोधी लगायतका कार्यक्रम पनि सङ्गीत कै पाटो भएकोले यसले समाज विकासमा तथा सांस्कृतिक विकासमा मद्दत पुग्ने बताउनुभयो ।

सो कनर्यक्रममा साहित्कार तथा पत्रकार माधव पोखरेल, जागेश्वर साह, मधुकर थापा, तुलसा पोखरेल, भरत खड्का , देवराज कोइराला, हिरामान मोते लगायतका वक्ताहरुले शुभकामना मन्तव्य दिएका थिए ।

उक्त कार्यक्रममा त्रियुगा सङ्गीत विद्यालयका भाइ बहिनीहरुले आधा दर्जन बढी गीत गाएर मनोरञ्जन प्रदान गरेका थिए । तीन वर्ष अघि देखि संचालनमा आएको त्रियुगा सङ्गीत विद्यालयले अहिले दैनिक ९६ जनालाई दुई सिफ्टमा निशुल्क रुपमा सङ्गीत प्रशिक्षण दिइरहेको छ भने कतिपय गृहिणीहरु पनि फुर्सदको समयमा सङ्गीत सिकिरहेकन छन् ।

गाउँ घरका भजन किर्तन समूहमा आवद्ध भएका टोलीहरु पनि यहाँ आएर मादल ढोलक तवला हार्मानियम गितार तथा अन्य बाजाका साथै गीत गाउन समेत दक्ष हुँदै गएका छन् ।

प्रतिक्रिया दिनुहोस्