मिर्गौला पीडितलाई दोलखा समाज जापानको सहयोग

112
Shares

दोलखा। 

कलेजो र मिर्गौलामा समस्या भै विगत केही समयदेखि  उपचाररत दोलखा कालिञ्चोक गाँउपालिका वडा नम्बर– ७ को ३० बर्षिय मिरा खुलाललाई दोलखा समाज जापानले दुईलाख १७ हजार सात सय ६८ रुपैयाँ  (जापनी ऐन दुईलाख ५८ हजार) सहयोग गरेको छ ।

विरामीको सहयोगको लागि जापानमा रहेका विभिन्न व्यक्तिहरुसंग सङ्कलन गरेर उक्त रकम पठाईएको दोलखा समाज जापानका अध्यक्ष रोशन थापाले बताए । दोलखाली नागरिकलाई पर्ने हरेक समस्यामा दोलखा समाज जापान चिन्तित हुने र सकेसम्म हरेक समस्यामा सहयोग गर्दै आएको अध्यक्ष थापाले बताए ।

जापानमा रहेका विभिन्न व्यक्तिसंग सङ्कलन गरिएको उक्त रकम दोलखा समाज जापानका केन्द्रीय कार्यसमिति सदस्य पार्शुक पोखरेल, राष्ट्रिय जेष्ठ नागरिक कोषका अध्यक्ष बसन्तराज कार्की र दोलखा जिल्ला निर्माण व्यवसायी संघका अध्यक्ष राजेश थापाले कलेजो तथा मिर्गौला रोगबाट पीडित मिरा खुलालको उपस्थितिमा उनको बुबा दिल बहादुर खुलाललाई हस्तान्तरण गरेका छन् ।

सहयोग सङ्कलनको लागि समाजसेवी इश्वर पाठक र सविना बुढाथोकीले समन्वय गर्नु भएको दोलखा समाज जापानका केन्द्रीय कार्यसमिति सदस्य पार्शुक पोखरेलले बताए ।

कलेजो र मिर्गौलामा समस्या भएपछि छोरीको निरन्तर उपचार भै रहेको र दुबै अङ्ग प्रत्यारोपण गर्नुपर्ने भएकोले आर्थिक समस्या परेको मिराको बुुबा दिल बहादुरले बताए । दुबै अङ्ग प्रत्यारोपणको लागि ५५ लाख भन्दा बढी लाग्ने भएपछि सबै सङ्ग आर्थिक सहयोगको लागि आचना गर्न बाध्य हुुनुु परेको विरामीको बुबा दिल बहादुरले बताए ।

उनले दोलखा समाज जापानले दुईलाख भन्दा बढी सहयोग उपलब्ध गराएको उल्लेख गर्दै अन्य संघ संस्था तथा व्यक्तिहरुबाट समेत सहयोगको अपेक्षा गरेको बताए ।