तिलोत्तमाले पायो युनाईटेड सिटीज एशिया प्यासिफिक क्षेत्रको सदस्यता



बुटवल ।

रुपन्देहीको तिलोत्तमा नगरपालिका हरेक कुरामा अगाडी हुँदै प्रसिद्धि कमाउँदै आएको छ ।

सोही अनुसार पुन:युनाईटेड सिटीज एण्ड लोकल गभरमेन्टको एशिया प्यासिफिक क्षेत्रको सदस्यता तिलोत्तमा नगरपालिकाले प्राप्त गर्न सफल भएको छ ।

उक्त संस्थाको ६ जुन २०२४ मा नर्थ मिनहासा रिजेन्सी, ईन्डोनेशियामा बसेको एक्जिक्युटिभ ब्युरोको बैठकले तिलोत्तमा नगरपालिकालाई सदस्यता प्रदान गर्ने निर्णय गरेको हो ।

यो सदस्यता प्राप्त गरेसंगै अब तिलोत्तमाले अन्तराष्ट्रिय फोरमहरुमा आफ्ना विभिन्न गतीबिधी र विषयहरु राख्न पाउने भएको छ ।

त्यस्तै अनुभव आदान प्रदान विपद व्यवस्थापन, प्राविधिक तथा विकास साझेदारीमा सहयोग, अनतराष्ट्रिय रुपमा सम्बन्ध विस्तार सहयोग आदान प्रदान लगायतका विषयमा नगरपालिकालाई महत्व पूर्ण अवसर प्राप्त भएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायण अर्यालले बताउनु भयो ।

यस अघि तिलोत्तमा नगरपालिकाले यसै बर्ष अन्तराष्ट्रिय संस्था सिटी नेट र मेयर्स फर पिसको समेत सदस्यता प्राप्त गरिसकेको छ । यो सदस्यता संगसगै अन्तराष्ट्रिय संस्थामा तिलोत्तमा नगरपालिकाको सदस्यता संख्या ३ पुगेको छ ।

यो विषय सम्पूर्ण तिलोत्तमा नगरवासीको लागी गौरवपूर्ण क्षण भएको नगर प्रमुख रामकृष्ण खांणको कथन रहेको छ ।

प्रतिक्रिया दिनुहोस्