भन्सार छली सुनको कारोबार गर्ने तीन जना पक्राउ

2.7k
Shares

काठमाडौं ।

अवैध रूपमा भन्सार छली सुनको कारोबार गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बाँके खजुरा गाउँपालिका ८ बस्ने २४ वर्षीय मोहमद दिलसाद खाँ, नवलपरासी पूर्व गैडाकोट नगरपालिका १३ घर भई हाल काठमाडौं महानगरपालिका २६ बस्ने ४३ वर्षीय सन्तोष परिया र तनहुँ भानु नगरपालिका ७ घर भइ हाल काठमाडौं २६ बस्ने २५ वर्षीय अन्जिल गुरुङ रहेका छन् ।

कतारबाट नेपाल आउने हिमालय एयरको उडानमार्फत नेपाल आउने केही व्यक्तिहरूले भन्सार छली अवैध रूपमा सुन ल्याई कारोबार गर्ने गरेको भन्ने गोप्य सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ ग

 

काठमाडौं महानगरपालिका ९ सिनामंगलबाट मोहमद दिलसाद खाँको शरीर खानतलासी गर्दा उनले लगाएको निलो रंगको जिन्स पाइन्टको कम्मरको भागमा सेतो टिस्यु पेपरले फोल्ड गरी लुकाइ छिपाइ राखेको नौ लाख उनान्सय हजार तिन सय छयानब्बे रुपैयाँ, नौ पैसा बराबरको ६९।८९० ग्राम तौल भएको सुनको ब्रास्लेट थान-१ र ११.६५० ग्राम तौल भएको बेरुवा औँठी थान-१ सहित प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ खाँकाे सूचनाको आधारमा उक्त सुन ओसारपसार गर्ने कार्यमा संलग्न सन्तोष परियार र अन्जिल गुरुङलाई समेत पक्राउ गरी उनीहरू तीनै जनालाई बरामदी सुनसहित भन्सार ऐन, २०६४ अन्तर्गतको कसूरमा थप अनुसन्धान तथा आवश्यक कारबाहीको लागि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सार कार्यालय, गौचर काठमाडौंमा पठाइएको छ ।