छायाँनाथ राराको नगरसभामा जिल्लाका पत्रकारहरुलाई रोक



मुगु।

मुगु स्थित छायाँनाथ रारा नगरपालिकाको १५ औ नगरसभामा जिल्लाका पत्रकारहरुलाई माथिको  आदेश भन्दै प्रहरीले नगर सभा भित्र प्रवेशमा रोक लगाएको छ।
पत्रकार महासंघलाई सम्बोधन गरी जिल्ला स्थित सञ्चारकर्मिलाई नगर सभाको उद्घाटन सत्रमा निमन्त्रणा गरिएको भएपनि हल प्रवेश गर्न लाग्दा प्रहरीले माथिको  आदेस भन्दै कार्यक्रम हुने होटल मुनलाइटको हलमा प्रवेशमा रोक लगाएको हो ।

पत्रकारहरु सभाहलमा जाँदै गर्दा पहिलो प्रवेश गेटमा रहेका सुरक्षाकर्मीहरूले प्रवेश पास खोजेका थिए । प्रवेश पास आफूलाई कसैले नदिएको र नगरपालिकाको निमन्त्रणा पत्र देखाएपछि  प्रवेश पाएका पत्रकारहरुलाई दोस्रो प्रवेश गेटमा फेरि प्रहरीले अवरोध गर्दै प्रवेश गर्न माथिको अनुमति नभएको भन्दै रोकेको थियो ।

 त्यहाँ वरपर रहेका नगरपालिकाका कर्मचारीहरु समेत मुखदर्सक भएर प्रहरीले पत्रकारमाथि  गरेको व्यवहारलाई चुपचाप हेरिरहेका थिए ।
पत्रकारहरुले निमन्त्रणा पत्र र आफ्नो कार्ड देखाए पनि  प्रवेश नपाएपछी आत्मसम्मानमा चोट पुगेको महसुस गर्दै सभा स्थलबाट फर्किएको नेपाल पत्रकार महासङ्गका मुगु शाखा अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताए ।

शुसासन,पार्दर्षिता,जवाफदेहिताको कुरा गरेर नथाक्ने छायानाथ रारा नगरपालिकाले राज्यको चौथो अंगको रुपमा रहेको सन्चार क्षेत्रमा कार्यरत पत्रकारहरुलाई नै सभा स्थलमा प्रवेश गर्न अवरोध गर्नुले सर्बसाधरणको सूचनाको हकलाई कुण्ठित गर्न खोजेको नेपाल पत्रकार महासघ मुगु शाखा द्वारा शुक्रबारको  जारी विज्ञप्तिमा उल्लेख गरिएको छ

प्रतिक्रिया दिनुहोस्