युरोकपमा आज तीन खेल हुँदै



काठमाडौँ । 

युरोकप फुटबलमा आज शुक्रबार तीन वटा खेल हुँदैछन् । आज बेलुका पौने ७ बजे स्लोभाकियाले युक्रेनको सामना गर्दैछन् । त्यस्तै, राति पौने १० बजे पोल्यान्ड र अस्ट्रिया तथा पौने १ बजे नेदरल्यान्ड्स र फ्रान्स खेल्दैछन् ।

प्रतियोगिता अन्तर्गत बिहीबार रातिको खेलमा इटालीलाई हराउँदै स्पेन अन्तिम १६ मा पुग्ने दोस्रो टोली बनेको छ । स्पेनले इटालीलाई १–० गोलले हराएको हो । योसँगै स्पेनको २ खेलमा ६ अङ्क भएको छ भने इटालीको २ खेलमा ३ अङ्क मात्र छ ।

त्यस्तै युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा इङ्ल्यान्ड र डेनमार्कले १–१ गोलको बराबरी खेल्दै समान एक-एक अङ्क बाँडेका छन् । अर्को खेलमा सर्बिया र स्लोभेनियाले पनि १–१ गोलकै बराबरीमा खेल टुङ‌्याएका थिए ।

प्रतिक्रिया दिनुहोस्