दान्भीले पायो उत्साहजनक शो



काठमाडौं ।

आज शुक्रबारबाट रिलिजमा आउने फिल्म दान्भीले मल्टिप्लेक्स हलबाट उत्साहजनक शो पाएको छ। बुधबारबाटै अग्रिम टिकट बुकिङ खुल्ला भएको फिल्मका लागि क्युएफएक्सनले पहिलो दिनका लागि काठमाडौंमा १६ र बाहिर ३१ शो दिएको छ।

त्यसैगरी आईएनआईले १२, वान सिनेमाजले सात शो दिएका छन् भने एफक्युब, बिएसआर, बिग मुभिज रन्जनालगायत मल्टिप्लेक्स हलले पनि उत्साहजनक शो दिएका छन्। फिल्म उपत्यका बाहिर बिर्तामोड, दमक, इटहरी, धरान, विराटनगर, हेटौंडा, चितवन, पोखरा, बुटवल, नेपालगञ्ज, दमौलीलगायत प्रमुख सहरसहित ५५ हलमा रिलिज हुँदैछ।

जूना फिल्म्स्को ब्यानरमा रुपेश तामाङद्वारा निर्देशित फिल्ममा पूजा शर्मा, कुङशान बोमजन, मोनालिशा खतिवडा, राजाराम पौडेल, कालु राना, किरण श्रेष्ठ, सीता तामाङ, अनील राई, विनिता प्रधान, भक्ति राई, प्रन्सन क्षत्री, विशाल पहाडी, राम परिवार, नागे डंगोल, सत्यनारायण थारू, दीपक थापा, अनिता गिरीलगायत कलाकारले अभिनय गरेका छन्।

प्रभवन रानामगर कार्यकारी निर्माता रहेको फिल्ममा कथा रविना थापा मगर, पटकथा र संवाद संजोग कुमार राना, संगीत अर्जुन पोखरेल, कोरियोग्राफी कविराज गहतराज, बाहुल बराईली र नरेश जोगी, छाया“कन निर्देशन हरिबहादुर घले र सम्पादन बन्दे प्रसादको रहेको छ।

प्रतिक्रिया दिनुहोस्