राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी अन्तरक्रिया



उदयपुर ।

उदयपुरको सदरमुकाम गाईघाट स्थित जिल्ला प्रशासन कार्यालयमा बिहीबार राष्ट्रिय परिचयपत्र वितरण सम्बन्धी उक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

राष्ट्रिय परिचय पत्र तथा पञ्जिकरण विभागद्धारा आयोजित उक्त कार्यक्रममा उदयपुरका नगरपालिका, गाउँपालिकाका जनप्रतिनिधिहरु, स्थानीय सञ्चार कर्मीहरु, सुरक्षा निकायका प्रमुखहरु, जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायतको सहभागितामा अन्तरक्रिया कार्यक्रम भएको थियो ।

सामाजिक सुरक्षा भत्ता नविकरण गर्नकालागि सबैभन्दा पहिले जेष्ठ नागरिकहरुको परिचयपत्र बनाउन नेपाल सरकारले गत जेठ २४ गतेको निर्णयले २८ जिल्लामा राष्ट्रिय परिचयपत्र लागू गर्नकालागि राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागले सबै जिल्लामा अन्तरक्रिया गर्दै वितरण प्रणालीलाई सहज सरल र छिटो छरितो बनाउन सुझाव संकलन गरेर अघि बढ्न विभागले कार्यक्रम आयोजना गरेको जानकारी दिइएको थियो ।

सो कार्यक्रममा विभागका निर्देशक मुकेश कुमार केशरीले राष्ट्रिय परिचयपत्रको काम, यसको महत्व तथा यो लागु हुने क्षेत्रका बारेमा र कुन कुन काम गर्दा यसको आवश्यकता पर्दछ भन्ने विषयमा जानकारी दिनु भएको थियो । हाल नेपालमा सामाजिक सुरक्षा प्राप्त गर्ने लाभथ्राहीहरु ३७ लाख २८ हजार२सय ४० जना रहेको, इएफटी मार्फत ५ सय १३ वटा स्थानीय तहले सामाजिक सुरक्षा भत्ता वितरण गरिरहेको रआगामी आर्थि वर्षको साउन महिनादेखि सबै स्थानीय तहमा इएफटी मार्फत नै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने योजना रहेको जानकारी दिइएको छ ।

देशभरीमा रहेका ७५३ वटा स्थानीय तहका ६७४३ वटा वडा कायाृल्यहरुबाट सबै किसिमका व्यक्तिगत घटना दर्ता भैरहेको, देश बाहिर १५ वटा कुटनीतिक नियोगबाट समेत व्यक्तिगत घटना दर्ता (जन्म र मृत्यु) को प्रारम्भ भएको, ६७४३ वठा मध्ये हाल ६६९४ वटा वडाबाटव्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा व्यवस्थापन सूचना प्रणाली मार्फत अनलाइन घटना दताृ हुने गरेको र बाँकी रहेको ४९ वटा वडाहरुमा पनि छिट्टै अनलाइनबाट नै घटना दर्ता गर्ने व्यवस्था गरिने जानकारी पनिसो कार्यक्रममा दिइएको छ ।

नेपाल सरकारले २०६५ सालमा राष्ट्रिय परिचय पत्रको अवधारण ल्याएको र २०६७ सालदेखि काम शुर गरेको जानकारी दिंदै निर्देशक केशरीले नेपालका ७३ वटा जिल्लाका वडामा पुगेर परिचयपत्रको काम गर्ने र २८ जिल्लाका १८ लाख लाभग्राहीले सेवा पाउने छन् । विभागमा हाल १ करोड ४९ लाख परिचयपत्र रहेको तर २ करोड ४९ लाख आवश्यक पर्ने भएपनि १ करोड मानिस देश बाहिर रहेको जानकारी कार्यक्रममा दिइएको छ ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले परिचयपत्रकालागि विवरण संकलन गर्ने काम भदौ मसान्तसम्म छ तर नम्बर लिन र त्रुटी सुधा गर्ने अधिकार विभागसँग भएकोले सेवाग्राहीलाई असहज हुने भएकोले यसमा सहजता अपनाउनु पर्ने बताउनु भयो ।

कार्यक्रममा निर्देशक केशरीले प्रत्येक पालिकाको वडाबाट नै विवरण संकलन गरिने र जनशक्ति थप गरेर काम शुर गरिएको हुँदा उद्देश्य अनुसारको काम तोकिएकै समयमा सम्पन्न हुने बताउनु भयो । उक्त कार्यक्रममा उदयपुरका विभिन्न पालिकाका प्रमुख, उपप्रमुख तथा वडाध्यक्षहरुले पनि वडास्तरबाट विवरण संकलन गर्ने काम उपयुक्त हुने बताएका थिए ।

यस अघि उदयपुरमा २ लाख विवरण दर्ता भएको र केही मानिसहरु देश बाहिर रहेकोले उनीहरुलाई परिचयपत्र वितरण गर्न नसकिएको अवस्था रहेको र दैनिक ५० जनालाई पहिले दर्ता भएको परिचयपत्र उपलब्ध गराइएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी लक्ष्मी प्रसाद घिमिरेले बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्