बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा विशाल प्रभातफेरी सम्पन्न



काठमाडौं ।

बज्रयोगिनी योग साधना केन्द्रको आयोजनामा विशाल प्रभातफेर कार्यक्रम सम्पन्न भएको छ ।

बज्रयोगिनी योग साधना केन्द्रको वार्षिकोत्सवको तथा दशौँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा मनाउन लागिएको ३ दिवसीय कार्यक्रम अन्तर्गतको आज पहिलो दिनको कार्यक्रम योग जागरण सम्बन्धी प्रभातफेरी कार्यक्रम गरिएको थियाे ।

तारकेश्वर नगरपालिकामा बज्रयोगिनी साधना केन्द्रको वार्षिकोत्सव भव्य रूपमा सफल पारौँ , गरौँ योग रहौँ निरोग ,घर घरमा योग जन जन योग , महिला सशक्तीकरणका लागि योग , सबैका लागि योग सधैँका लागि योग , रक्तदान जीवन दान ,लेखिएका प्लेकार्ड र योग जागरण सम्बन्धित ब्यानरहरूसहित सुरु गरिएको प्रभातफेरीको शुभारम्भ ता।न। पा पतञ्जलि योग समितिका अध्यक्ष चन्द्र सापकोटाले गरेका थिए ।

सात वटा योग साधना केन्द्रहरू अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्वर,गोलढुंगा, सेक्रेड हार्ट र ता. न .पा खेलकुद संघबाट साधक साधिकाहरुको उल्लेखनीय सहभागिताका साथ सभ्य र भव्य रूपमा सम्पन्न गरिएकाे हाे ।

बज्रयोगिनी साधना केन्द्रका सचिव राजेन्द्र घिमिरे सागरले बज्रयोगिनी योग साधना समूहको वार्षिकोत्सव असार ७ गते रहेको र साथै जुन २१ अन्तर्राष्ट्रिय योग दिवस समेत यसै दिन परेकोले कार्यक्रम भव्य बनाउन तीन दिवसीय कार्यक्रमको आयोजना गरिएको सो मध्य आज असार ६ गते प्रभातफेरीको आयोजना गरिएको बताए ।

यसै गरी भोलि बिहान बज्रयोगिनी योग साधना समूहको वार्षिकोत्सव भव्य बनाउन स्थानीय बासीहरू, स्थानीय योग साधना केन्द्रका साधक साधिकाहरू, स्थानीय प्रहरी, स्थानीय निकायका प्रतिनिधिहरू सञ्चारकर्मीहरू जिल्ला नगर योग समितिका पदाधिकारीहरूको उपस्थितिमा अन्तर्राष्ट्रिय योग दिवसको प्रोटोकल अनुसारको, योग खेलकुद विभिन्न योगासनहरुको प्रदर्शन , कविता वाचन योग जागरसम्बन्धित प्रवचन गरि भव्यरुमा मनाउन लागेको छ ।

तेस्रो दिनको कार्यक्रम ता. न .पा ४ का वडा अध्यक्ष नरेन्द्रदास श्रेष्ठको प्रमुख आतिथ्यमा असार ८ गते सनिवार बिहान ११ बजे बाट २ बजे सम्म वृहत रक्तदान कार्यक्रम धेरै भन्दा धेरै रक्तदाताहरू लाई सहभागी गराइ सम्पन्न गर्दै तीन दिवसीय कार्यक्रम सम्पन्न गर्ने योजना रहेको बताउँदै असार ८ ता.न.पा ४ लोलाङ्ग हाइट बज्रयोगिनी पिपल बोट प्राङ्गणमा हुने रक्तदान कार्यक्रममा सहभागी भई रक्तदान गर्नका लागि सबैमा आह्वान गरेका छन् ।

हामी निरन्तर योग जागरण कार्यमा तल्लीन रहेका छौ । सोही अनुरूप हाम्रो अगुवाइमा स्थानीय साधक साधिकाको आग्रहमा तीन वटा साधना केन्द्र सञ्चालनमा आएको र छिट्टै अन्य साधना केन्द्र पनि सञ्चालनमा ल्याउने प्रक्रिया अगाडि बढिरहेको जानकारी गराउँदै आफूलाई पायक पर्ने साधना केन्द्रमा आएर योग गर्न आग्रह गरेका छन् ।

बज्रयोगिनी योग साधना समूहका अध्यक्ष सुमन थापाले संस्थाको वार्षिकोत्सव उत्सव तथा दशौँ अन्तर्राष्ट्रिय योग दिवसको तीन दिवसीय कार्यक्रममा पतञ्जलि योग समिती ता न पा का अध्यक्ष चन्द्र सापकोटा साथ सहयोग ,अनि नगर खेलकुद संघको सहकार्यका साथै विशेष जिम्मेवारी साथ खटिएका बज्रयोगिनी योग साधना समूहका साथीहरू राजेन्द्र घिमिरे सागर , शशी कमल पन्त ,पुष्पा लम्साल ,केदार अधिकारी , मैयाँ केसी , सुनिता ढुंगाना , देवकी बानिया लगायत साधना समूहका सबै साथीहरू र सात वटा योग साधना केन्द्रहरू अर्किड , स्वतभैरब , मिलन बस्ती , गुप्तेश्र्वर ,गोलढुंगा, सेक्रेड हार्ट र ता न पा खेलकुद संघको साथै स्थानीय बासी सक्रिय सहभागिता रहेकोमा धन्यवाद ज्ञापन गर्दै ७ र ८ गतेको कार्यक्रमलाई पनि सफल बनाउन आग्रह गरेका छन् ।  सबैले योग सबै गरौँ स्वस्थ रहौँ भन्दै तारकेश्वरलाई योग मय बनाउन आफू सधै निस्वार्थ निरन्तर लागि रहने बताका छन् ।

प्रतिक्रिया दिनुहोस्