सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड, ओली र रविबीच छलफल



काठमाडौं ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रवि लामिछाने छलफलमा जुटेका छन् ।

स्रोतका अनुसार अहिले  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा जारी बैठकमा सत्ता समीकरणमा देखिएको असमझदारी मेटाउने विषयमा छलफल हुँदै छ ।

पछिल्लो समयमा बजेटका विषयमा सत्ता समीकरण दल खासगरी एमाले र रास्वपाका नेताहरुले सार्बजनिक रुपमै आलोचना गरिरहेका छन् ।

उनीहरुले प्रधानमन्त्री र अर्थमन्त्रीले आफ्नो किसिमले बजेट विनियोजन गरेको आरोप लगाएपछि सत्ता समीकरणकै भविष्यमा प्रश्न उठ्न थालेको बेला यस भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रतिक्रिया दिनुहोस्