लेनदेन मुद्दाका फरार प्रतिवादी पक्राउ



उदयपुर ।

जिल्ला प्रहरी कायाल्य उदयपुरले जिल्ला अदालत उदयपुरबाट लेनदेन मुद्दामा दोषी ठहर भै सजाय र जरिवाना तोकिएका एक जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरबाट प्राप्त जानकारी अनुसार जिल्ला सप्तरी सुरंगा नगरपालिका ७ ननुपट्टी घर भएका  ५८ वर्षीय का बन्धुलाल चौधरीलाई पक्राउ गरी फैसला कार्यान्वयनका लागि जिल्ला अदालत उदयपुरमा बुझाएको छ ।

चौधरीलाई जिल्ला अदालतले २ वर्ष कैद र ५ लाख ६० हजार जरिवाना तोकेकोमा उनी फरार अवस्थामा रहेको थिए । बुधवार उदयपुरको इलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरी आवश्यक सोधपुछ पछि बिहीबार जिल्ला अदालत उदयपुरमा बुझाएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्