मिरा बायोटेक र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ बीच वित्तीय परामर्श सेवासम्बन्धी सम्झौता



काठमाडौं ।

मिरा बायोटेक प्रा.लि. र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्गबीच वित्तीय परामर्श सेवा प्रदान गर्ने सम्झौता भएको छ ।

आज एक कार्यक्रमका बीच मिरा बायोटेक प्रा.लि.तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुशील पौडेल र नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडका तर्फबाट प्रबन्ध सञ्चालक एवं प्रमुख कार्यकारी अधिकृत लेखनाथ पोख्रेलले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् कार्यक्रममा दुवै संस्थाका उच्च पदस्त कर्मचारीहरुको उपस्थिती रहेको थियो ।

मिरा बायोटेक प्रा.लि. ले  WHO मापदण्ड बमोजिम औषधी उच्पादन गर्दै आइरहेको छ साथै, कम्पनीले स्थानीय र विदेशी बजारहरुका लागि औषधीजन्य ठोस खुराक उत्पादन तथा वितरण गर्दै आईरहेको छ ।

वित्तीय परामर्श अन्र्तरगत नेपाल एसबिआई मर्चेण्ट बैंकिङ्ग लिमिटेडले वित्तीय नुन–संरचना, वित्तीय व्यवस्थापन, व्यवसायिक योजना र संस्थाको संरचना हेरपफेर सेवाहरु उपलब्ध गराउने छ ।

प्रतिक्रिया दिनुहोस्