सही उपयोग नहुँदा रगतको अभाव



रगत अभावको बारेमा हामीले बेलाबेलामा विभिन्न सञ्चारमाध्यममा पढ्ने र सुन्ने गरेका छौँ। नेपालमा दैनिक हजारौँ व्यक्तिले रक्तदान गरे पनि बेलाबेलामा रगतको अभाव भएको खबर सुन्छौँ। रगतलाई सही प्रयोग गरेको खण्डमा रगतको अभाव केही हदसम्म कम गराउन सकिन्छ। नेपालमा हाल वार्षिक ३ लाख ५० हजारदेखि ४ लाख पिन्ट रगत आवश्यक हुने गरेको छ।

एकातर्फ रक्तदान गर्ने युवाहरु दिन–प्रतिदिन रोजगारी र पढाइको सिलसिलामा विदेशिएका छन् भने अर्कातर्फ रोगी र वृद्धवृद्धा भएका कारण रक्तदान गर्ने वर्गसमेत घटिरहेको छ। तर वार्षिकरुपमा नेपालभर जम्मा ३ लाख पिन्ट मात्र रगत संकलन हुँदै आएको छ। यो डाटालाई हेर्ने हो भने पनि नेपालमा अझै वार्षिक १ लाख पिन्ट रगत अपुग भएको देखिन्छ। तर त्यो ३ लाखबाट ९ लाख रक्ततत्व बनाउन सकिन्छ। यस कारणले हेर्ने हो भने रगतको मागभन्दा रक्ततत्व बनाएर रगतको सही उपयोग गरेमा रगतको माग पुग्ने देखिन्छ।

नेपालमा दैनिकजसो संकलन हुँदै आएको रगतलाई राम्रो किसिमले व्यवस्थापन गर्न नसक्दा दिन–प्रतिदिन रगत अभाव हुँदै आएको छ। हामीले रगतलाई राम्रो व्यवस्थापन गर्न नसक्नु रगत अभावको मुख्य कारण हो । रक्त तत्वहरूको प्रयोगभन्दा होल ब्लडको प्रयोग अर्को मुख्य कारण हो।

रगत अभाव हुने अर्को मुख्य कारण भनेको बिरामीका लागि लगेर बढी भएको रगतको व्यवस्थापन नगर्नु हो । उदाहरणको लागि कुनै एक बिरामीको लागि दुई पिन्ट रगत आवश्यक भएको भनी लिएर जानु र रगतको प्रयोग गर्दा एक पिन्ट रगतले मात्र पुग्दा बाँकी अर्को एक पिन्ट रगत रक्तसञ्चार केन्द्रमा फिर्ता नगर्दा खेर गइरहेको हुन्छ ।

हामीले एक पिन्ट रगतबाट तीनदेखि पाँच भिन्न खालका रगत बनाउन सक्छौँ। एकै प्रकारको रगतलाई भिन्न तीनदेखि पाँच प्रकारको रगत बनाउनका लागि धेरै रक्तसञ्चार केन्द्र छन् तर पनि शतप्रतिशत रक्ततत्व बनाउन नेपालको अत्याधुनिक रक्तसञ्चार केन्द्र ग्रान्डी अस्पतालमा रहेको छ । ग्रान्डीको रक्तसञ्चार केन्द्रले एउटा रगतबाट तीनदेखि पाँच प्रकृतिक रगत बनाउँदै आएको छ।

जुन बिरामीलाई जस्तो रगत चाहियो त्यस्तै रक्ततत्व बनाएर ग्रान्डीले प्रदान गर्दै आइरहेको छ। नेपालभरको रगतको समस्या भएको केसमा बिरामीका आफन्तहरु रगत खोज्नका लागि ग्रान्डीमा आउने गरेको कैयौँ उदाहरण छन्। ग्रान्डीले हाल वार्षिक ३ हजारदेखि ५ हजार पिन्ट रगत संकलन गर्दै आएको छ। उक्त संकलन गरिएको ३ हजारदेखि ५ हजार पिन्ट रगतबाट ९ हजारदेखि १५ हजार पिन्ट विभिन्न किसिमका रगत बनाउँदै आएको छ।

रगतको कम्प्लिकेसनको चेकजाँच ग्रान्डी अस्पतालमा हुने गरेको छ । ग्रान्डीले हाल लगभग सबै थरी ब्लड ग्रुप एन्टिबडिजको चेकजाँच गर्दै आएको छ। यस अस्पतालले ट्रान्सप्लान्टका लागि एन्टिबडी ट्राइट्रेसन जाँच, रगतका बिरामीलाई चाहिने टेस्ट एन्टिबडी आइडेन्टिफिकेसन गर्दै आएको छ।

(डा. नेपाल ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालका रक्तसञ्चार विशेषज्ञ हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्