गायक महेश र गायिका अस्मिताले गरे इन्गेजमेन्ट



काठमाडौँ। 

गायक महेश काफ्ले र गायिका अस्मिता अधिकारीसंग  ‘इन्गेजमेन्ट’ गरेका छन् । उनीहरुले दुबईको बुर्ज खलिफा पुगेर औंठी साटासाट गरेका हुन् ।

गायक काफ्लेले इन्गेजमेण्टका तस्बिरहरु आज सामाजिक सञ्जालमा सेयर गर्दै लेखेका छन्,‘सहयात्राको यो शुरुवात…वी आर इन्गेज्ड ! अस्मिता अधिकारी आई लभ यु…’

केही समयदेखि महेश र अस्मिता प्रेम सम्बन्धमा थिए ।

चर्चित गायक र गायिकामा पर्ने उनीहरु दुवैले थुप्रै ‘हिट’ गीत गाएका छन् । अस्मिताको ‘उता परेली झिमझिम भो’,‘काले केटाले’,‘को होला त्यो’,‘यो मेरो मायाको कुरा’ लगायतका गीत अत्यधिक मन पराइएको छ ।

त्यस्तै, महेशले ‘नाँच फिरीरी’,‘माया बिरानी’,‘लज्जावती झार’, लगायत दर्जनौं चर्चित गीत गाएका छन् ।

प्रतिक्रिया दिनुहोस्