गायनमा मकवानपुरका दीपक अब्बल



काठमाडौं ।

युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय युवा परिषद् सानो ठिमी भक्तपुरको आयोजना र मिसन सञ्चार मल्टिमिडिया ग्रुप काठमाडौंको सहआयोजनामा हालै राजधानीमा सम्पन्न राष्ट्रिय युवा गायन प्रतियोगितामा मकवानपुरका दीपकराज कालीराज प्रथम, धनुषाका राजा राजपुत द्वितीय र रूपन्देहीका सुरज खाती तृतीय भएका छन्।

प्रतियोगिताको अन्तिम स्पर्धामा लोक गायिका देवी घर्तीमगर, संगीतकार वीपी वाग्ले र गायक भद्र वली निर्णायक रहेका थिए। डिजिटल अडिसनमा सहभागीमध्येबाट २१ प्रतिभालाई छनोट गरी फिजिकल प्रतिस्पर्धाका लागि राजधानी बोलाइएको थियो।

सोही २१ जना प्रतिस्पर्धीमध्येबाट उत्कृष्ट नौ, उत्कृष्ट ६, उत्कृष्ट ३ छनोट गरी उत्कृष्ट ३ प्रतिस्पर्धीबीच प्रतिस्पर्धा गराइ विजेता घोषणा गरिएको थियो।

विजेताहरूको रेकर्ड गरिने नयाँ गीतको शब्द रचनाका लागि गीतकार बी.पाण्डे, सुमन बैरागी र गणेश सुवेदी तथा संगीत भर्न संगीतकार वीपी वाग्लेलाई जिम्मेवारी दिइएको छ।

प्रतिक्रिया दिनुहोस्