अभियन्ताको नाममा ठगी गरेको आरोपमा ४ जना पक्राउ



काठमाडौं ।

आफूलाई भ्रष्टाचारविरोधी अभियन्ता बताउने चार जनालाई प्रहरीले ठगीको आरोपमा पक्राउ गरेकाे छ ।

पक्राउ पर्नेहरुमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–६ का ३१ वर्षीय राजु सुनार, गोकर्णेश्वर–८ का २६ वर्षीय आदर्श क्षेत्री, गोकर्णेश्वर–१ कि २० वर्षीया अस्मिता खत्री र गोकर्णेश्वर–२ का ४५ वर्षीय प्रेमप्रसाद श्रेष्ठ छन् ।

विभिन्न सरकारी कार्यालय, स्थानीय निकाय, विद्यालय, संघसंस्था, कम्पनी, कलकारखाना, विभिन्न टोल सुधार एवं उपभोक्ता समितिमा भ्रष्टाचारविरोधी अभियन्ता भन्दै जाने र असम्बन्धित सूचना माग्ने तथा धम्क्याउने गरेको पाइएको प्रहरीको भनाइ छ।

प्रहरी वृत्त, बौद्धमा जाहेरी परेपछि असार ३ गते चार जनालाई पक्राउ गरेको छ। पदाधिकारी तथा कर्मचारीलाई धम्क्याउने, मुद्दा हालदिन्छु भनी आतंक सृजना गरी भिडियो बनाई रकमसमेत असुली गर्ने, पुष्टि नै नभएका कुरा सामाजिक सञ्जालमा राखी चरित्रहत्या गर्नेजस्ता कार्यहरू गरेको उजुरी परेको छ’, प्रहरीले भनेको छ। थप अनुसन्धान भइरहेको प्रहरी जानकारी दिएकाे छ  ।

प्रतिक्रिया दिनुहोस्