तिला नदीमा बेपत्ता व्यक्तिको शव गोताखोरले निकाल्यो 



काठमाडाैं । 
कालिकोट जिल्लाको महावै गाउँपालिका–५ तिला नदिमा नुहाउने क्रममा डुवेर बेपत्ता भएका व्यक्तिको शव असार ४ गते सशस्त्र प्रहरीको गोताखोरले फेला पारेको छ ।
सोही गाउँपालिका–५ औवलगेला बस्ने करीव ३० वर्षीय कवि पोख्रेल असार २ गते नुहाउने क्रममा सो नदीमा डुवेर बेपत्ता भएका थिए ।
उनको खोजीकार्यको लागि सशस्त्र प्रहरी बल नेपाल नं.६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र आश्रित गुल्म कालिकोटबाट खटिएको गोताखोर टोलीले आज दिउँसो करीव १५ः३० बजे शव फेला पारेको हो ।
त्यसैगरी सिरहा जिल्लाको लहान नगरपालिका–१७ स्थित बलान खोलामा असार ४ गते पौडी खेल्ने क्रममा बेपत्ता भएका दुई बालकको खोजीकार्यको लागि सुरक्षा बेश लहानको फौज  खटिएकाे छ   ।

प्रतिक्रिया दिनुहोस्