सन्दिग्ध भूमध्यसागरीय आप्रवासन दुर्घटनामा १० को मृत्यु, ५१ को उद्धार



रोम ।

उत्तरी अफ्रिका नजिकैको दक्षिणी इटालियन टापुको भूमध्यसागरिय पानीमा यात्रा गर्ने असफल प्रयासको क्रममा १० भन्दा बढी सन्दिग्ध आप्रवासीहरूको मृत्यु भएको र ५१ जनाको सोमबार उद्धार गरिएको जर्मन सहायता समूह रेसक्युसिपके जनाएको छ ।

नादिर उद्धार जहाज सञ्चालन गर्ने जर्मन सहायता समूह रेस्युो सिपले डुबेको काठको डुङ्गाबाट ५१ जनालाई उद्धार गरेको र जहाजबाट अन्य १० जनाको शव फेला पारेको बताएको छ।

“चालकदलले डुङ्गाबाट निकालिएका ५१ जनाको “हेरचाह“ गरिरहेका थिए। १० जनाको उद्धारका लागि भने धेरै ढिलो भइसकेको थियो । उद्धार गरिएका मध्ये दुईजना बेहोस अवस्थामा थिए“, सामाजिक सञ्जाल एक्समार्फत रेस्युिलसिपले जानकारी गरायो ।

युरो न्यूजका अनुसार उत्तर अफ्रिका नजिकैको दक्षिणी इटालियन टापु मानव तस्करीको लागि लक्षित प्रसिद्ध गन्तव्य हो जहाँ गत वर्ष एक लाख २७ हजार आप्रवासीहरू आइपुगेका थिए।

प्रतिक्रिया दिनुहोस्