प्राप्ति एसईई प्रिन्सेस



काठमाडौं ।

सिजन मिडियाद्वारा राजधानीमा आयोजित सौन्दर्य प्रतियोगिता १२औं एसईई प्रिन्सेस २०२४ प्राप्ति श्रेष्ठले उपाधि चुमेकी छन्। उनले प्रमुख उपाधिस“गै मस्ट ट्यालेन्टको अवार्ड पनि कब्जा गरिन् ।

विजेता श्रेष्ठले उपाधि चुमेबापत ल्यापटप तथा नामी कलेजमा एक लाखबराबरको छात्रावृत्ति प्राप्त गरेकी छन्। प्रतियोगितामा प्रीति शर्मा फस्ट, निरजरा श्रेष्ठ सेकेन्ड, ज्यास्मिन धमेना थर्ड र शुभ केसी फोर्थ रनर्सअप भए।

फस्ट र सेकेन्ड रनर्सअपले पुरस्कारबापत मोबाइल फोनका साथै प्लस टु अध्ययनका लागि छात्रवृत्ति प्राप्त गरे भने थर्ड र फोर्थ रनर्सअपले स्मार्टवाचका साथै छात्रावृत्ति पाएका छन्।

प्रतियोगितनमा इभा कपाली अर्गनाइजर च्वाइस्, सविना तामाङ पपुलर च्वाइस, क्रिस्मि गुरुङ मिस स्टाइलिस, कृपा केसी भियोर्स च्वाइस, रन्जना ठकुरी फोटोजेनिक, एकता अर्याल क्रियटिभ अवार्ड र सिचु मर्हजन बेस्ट वाक टाइटल विजेता भए।

कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीले यस्ता कार्यक्रमले विद्यार्थीको प्रतिभा उजागर गर्न सहयोग पुर्‍याउने र आत्मविश्वास बढाउने चर्चा गरे। कार्यक्रममा विभिन्न विद्यालयमा अध्यापन तथा व्यवस्थापनमा लामो समयदेखि सक्रिय शिक्षक तथा शिक्षिकालाई विशेष शैक्षिक सेवा सम्मान २०८१ द्वारा सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्