बालबालिकालाई आलियाको उपहार



काठमाडौं ।

बलिउड अभिनेत्री आलिया भट्टको नाममा अब नयाँ परिचय थपिएको छ। उनी अब लेखक बनेकी छन्।

आमा बनेको १९ महिनामा उनले बालबालिकाका लागि द एडभेन्चर्स अफ एड–ए–मम्मा : एड फाइन्ड्स ए होममार्फत पुस्तक लेखनमा प्रवेश गरेकी हुन्। उनले लेखेको सो बाल पुस्तक चाँडै बजारमा आउने भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

आलियाले हालै आफ्नी आमा तथा अभिनेत्री सोनी राजदान र बहिनी शाहीन भट्टसहित पुस्तक विमोचन गरेकी थिइन्। जहाँ उनले आफ्ना बाल फ्यानका साथ साक्षात्कार गरिन्।

हालै सामाजिक सञ्जालमा इन्स्टाग्राममा एक पोस्ट सेयर गर्दै उनले बच्चाको कपडा ब्रान्ड एड–ए–मम्माबाट प्रेरित शृंखलाको यो पहिलो पुस्तक लेखेको जनाएकी छन्। आलियाको यस पुस्तकका लागि चित्रकार तन्वी भट्टले चित्र बनाएकी छन्। आलियाकी एक छोरी राहा रहेकी छन् ।

प्रतिक्रिया दिनुहोस्