ब्ल्याक छायाँको बुट्टे रुमाल



काठमाडौं ।

लंका फिल्म प्रालिको ब्यानरमा निर्मित फिल्म ब्ल्याक छायाँमा समावेश बुट्टे रुमाल बोलको गीत ओएसआर डिजिटल युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ।

सार्वजनिक गीता शब्द रचना डिबी खनाल, संगीत राजेन्द्र बजगाईं, स्वर भुवन प्यासी र मेलिना राईको रहेको छ। आगामी साउन ११ गते रिलिजमा आउने फिल्ममा माया प्रेम र सस्पेन थ्रीलरलाई मनोरन्जनात्मक ढंगले प्रस्तुत गरिएको निर्देशक आरएल लामा मुक्तानले बताए।

नीर शाह, सुनील थापा, धीरेन शाक्य, सलोन बस्नेत, सुष्मा कार्की, जान्हवी बस्नेत, बुद्धि तामाङ, रुविना कार्की, सोभित बस्नेत, रवीन्द्र झा, निमादोर्जे मुक्तान, आरएल लामा मुक्तानलगायतले अभिनय गरेको फिल्म रेल्लुमाया तामाङ, बिन दुरुङच्याङ मगर ‘मैना’ र आर.सोनाम मुक्तानले निर्माण गरेका हुन्।

खड्ग लामा मुक्तानद्वारा प्रस्तुत फिल्ममा सोशिका तामाङ र श्यामबहादुर मुक्तान ‘डेबिट’ सह निर्माता रहेका छन्।

प्रतिक्रिया दिनुहोस्