जनताको सारथी एसपी मोहन थापा



काठमाडौं ।

कास्की जिल्लाका जनताको सारथी बनेका एसपी मोहन कुमार थापा सधैं स्वच्छ स्पष्ट आदेशका साथ काम गर्दै छुटै पहिचान बनाउन सफल सक्षम र सफा अफिसर बनेका छन्।

केही व्यक्तिले कमजोर र कपोलकल्पित कुरा गरेर मोहन कुमार थापामाथि मात्र प्रहार नभई सिङ्गो पबित्र संघठनमाथिको प्रहार भयको भन्दै कास्कीका पोखरा महानगरपालिकाबासीहरू ठाउँ-ठाउँमा चर्चा गर्दै गरेको सुनिएको छ।

कुनै आर्थिक र व्यक्तिगत स्वार्थ निम्ति हैन नेपाल प्रहरीले जनताको सेवामा समर्पित हुने गरी काममा केन्द्रित रहेको जनताले अनुभूति गरेका छन्।

कास्की जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले गरेका उदाहरणीय कार्यहरू

मणिपाल शिक्षण अस्पताल तोडफोड गर्ने ८ जनालाई पक्राउ गरेका थिए ।  लमजुङ सुन्दर बजार नगरपालिका वडा नं. ६ बस्ने ५७ वर्षीय सुक माया दुरा स्वास प्रश्वास सम्बन्धी र ढाड दुख्ने  बिरामी थिइन्  । उनकाे उपचारकाे लागि २०८०/०६/०७ गते मणिपाल शिक्षण अस्पताल पोखरामा लगिएकाे थियाे  । उपचारकाे क्रममा उनकाे २०८०/०६/०८ गते दिउँसो मृत घोषणा गरेको गरेकाे थियाे  ।

उक्त विषयलाई लिएर मृतक पक्षले उपचारमा संलग्न चिकित्सकको लापर्बाहीको कारण सुक माया दुराको मृत्यु भएको र मृत्युको कारण अस्पताल प्रशासनले खुलाउनु पर्ने माग राखी आन्दोलन गरी उपचारमा संलग्न चिकित्सकलाई कुटपिट गरेको तथा मणिपाल शिक्षण अस्पताल पोखरा तोडफोड गरेको घटनामा संलग्न ८ जना व्यक्तिहरुलाई पक्राउ गरेका थिए  ।

उनीहरुलाई स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ बमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान प्रक्रिया अगाडी बढाइकाे छ ।

यस्तै ३६९५ एम्पुल लागू औषध सहित २ जनालाई पक्राउ गरेका थिए ।   पक्राउ पर्नेमा स्याङ्जा पुतलिबजार नगरपालिका वडा नं. २ स्थायी वतन भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने ३१ वर्षीय सन्तोष थापा र  पाल्पा माथगढी गाउँपालिका-३ स्थायी घर भई हाल जिल्ला कास्की पोखरा महानगरपालिका – १४ चाउथे बस्ने  ४० वर्षीय केश बहादुर कुमाललाई उनले पक्राउ गरेका थिए  ।

उनीहरुले कोठाभित्र लुकाई छिपाई राखेको लागू औषध डाईजेपाम १२०२ एम्पुल, फेनरागन १३६१ एम्पुल, नुर्फिन ११३२ एम्पुल, गाँजा ३०० ग्राम, cod-p लेखेको ९० ट्याव्लेट र नगद छ लाख बत्तिस हजार दुई सय दशसहित बरामद गरेकाे थियाे  । उनीहरुलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएकाे छ ।

यस्तै चोरीको सामान सहित २ जनालाई पक्राउ गरेका थिए  । पक्राउ पर्नेमा पर्सा पर्सागढी नगरपालिका वडा नं. २ घर भई हाल जिल्ला कास्की पोखरा महानपालिका -१२ बस्ने २२ वर्षीय शिवदेवी चौधरीले गत वर्ष २०८०।०५।२५ गते अन्दाजी जिल्ला कास्की पोखरा महानगरपालिका १२ स्थित पशु सेवा तालिम केन्द्रको कार्यालय परिसरको आवास कोठाबाट सुनका बिभिन्न गरगहना अन्दाजी १६ तोला बराबरका सुनका गरहगनाहरु चोरी गरेका थिए  ।

पीडितको घरमा काम गर्ने व्यक्तिले उक्त गरगहना चोरी गरी कास्की पोखरा महानगरपालिका  १० बुद्दचोकमा रहेको मोवाईल पसलमा लुकाउन दिएको भन्ने बुझिएको र उक्त पसल खानतलासी गर्दा चोरी भएका १६ तोला बराबरका बिभिन्न सुनका गरगहनाहरु बरामद भएको हुँदा उक्त पसल संचालक समेतलाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएकाे छ ।

यस्तै  समाजिक सञ्जाल मार्फत भ्रमित कुराहरू लेखी पोष्ट गर्ने  पक्राउ गरेका थिए  । “राष्ट्रिय स्वतन्त्र पार्टीका निवर्तमान सांसद डा. ढाका कुमार श्रेष्ठलाई अज्ञात समूहले उनकै निवास अगाडी धारिलो हतियार प्रयोग गरी घाईते बनाएको र उनलाई उपचारको लागि मणिपाल शिक्षण अस्पताल लगिएको, अवस्था चिन्ताजनक रहेको डाक्टरबाट जानकारी, थप समाचार आउन बाँकी” भन्ने समेतको कुराहरु लेखी फोटो समेत पोष्ट गरी समाजमा अराजकता, आत्म सम्मान माथी आघात पुर्‍याउने गरी भ्रम फैलाउने खालको झुठ्ठा एंव अनर्गल प्रचार गरी surya regmi नाम गरेको फेसबुक आईडीमा गत वर्ष २०८०।०५।२२ गते बेलुकी पोष्ट गरेको हुँदा उक्त व्यक्तिलाई कारबाही गरी पाँउ भनी विद्युतिय कारोबार ऐन, २०६३ विपरितको कसूर साईबर अपराध अन्तर्गतको जाहेरी दरखास्त दिएको हुँदा यस कार्यालयबाट अनुसन्धान गर्दा उक्त फेसबुक जिल्ला स्याङ्ग्जा आँधीखोला गाउँपालिका वडा नं। ५ ठुलीबराहा बस्ने वर्ष ३५ को सुर्य बहादुर रेग्मीले प्रयोग गरेको देखिएकोले निजलाई नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएकाे छ ।

यस्तै आपराधिक विश्वासघत मुद्दामा दुई जनालाई पक्राउ  गरेका थिए  ।

गत वर्ष २०८०/०४/२५ गते दिउँसो कास्की पोखरा महानगरपालिका ३० पावरहाउसस्थित नेपाल आयल निगम प्रादेशीक कार्यालय डिपोबाट ग.२.ख. ८३६ नं को पेट्रोलियम ट्यांकरमा बिल भौचरमा उल्लेख गरे भन्दा बढी परिणामको पेट्रोलियम पदार्थ (डिजेल) लोड गरी पोखरा महानगरपालिका- २७ स्थित पश्चिमान्चल पेट्रोल पम्पमा लैजादैँ गरेको भन्ने सूचनाको आधारमा जिल्ला प्रशासन कार्यालय कास्की तथा ईलाका प्रहरी कार्यालय हंशपुर शिसुवाबाट खटिएको टोलिले पोखरा-२७ डाँडास्थितमा फेला पारी उक्त ट्यांकर सहित ट्यांकरका चालक निर्मल थापालाई नियन्त्रणमा  लिएका थियाे  ।

जिल्ला प्रशासन कार्यालय, गुणस्तर तथा नापतौल बिभाग कास्कीका प्रतिनिधी, नेपाल आयल निगम प्रादेशिक कार्यालय गगनगौडा डिपोका अधिकृत स्तरका कर्मचारी, स्थानिय जनप्रतिनिधी समेतको रोहबरमा उक्त ट्याङ्करमा रहेको पेट्रोलियम पदार्थ (डिजल) मापन गर्ने क्रममा निज चालक निर्मल थापासँग भएको विल भौचरमा उल्लेख भएको भन्दा बढी परिमाणको पेट्रोलियम पदार्थ (बिल १२००० लि. को रहेको र ट्यांकरमा करिब ३००० लि. बढी रहेको) पाईएको हुँदा चालक निर्मल थापा र गण्डकी धवलागिरी पेट्रोलियम एसोसियनको प्रतिनिधी जगन्नाथ ढुंगानालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएकाे छ ।

यस्तै १० किलो लागूऔषध गाँजा सहित १ जनालाई पक्राउ गरेका थिए  ।

गत वर्ष २०८०/०६/२१ गते वडा प्रहरी कार्यालय गगनगौडा कास्की र गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा केनाईन शाखाबाट कुकुर सहितको चेकिङ टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका -३२ मजुवा स्थित सवारी साधन चेकजाँच गर्दा पोखरातर्फ आउँदै गरेको बसमा सवार जिल्ला धादिङ गजुरी गाउँपालिका – ३ क्वालसिङ बस्ने २२ वर्षीय रविन्द्र थिङ तामाङले भिरेको झोलामा लागू औषध गाँजा १० किलो ८८९ ग्राम र १ थान मोवाईल तथा नगद रुपियाँ ७,०९०।– सहित पक्राउ गरि अनुसन्धान प्रक्रिया अगाडी बढाइएकाे छ ।

यस्तै लागूऔषध आईस सहित ४ जनालाई पक्राउ  गरेका थिए  । गत वर्ष २०८०।०६।२९ गते जिल्ला प्रहरी कार्यालय कास्की र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले जिल्ला कास्की पोखरा महानगरपालिका वडा नं।९ पृथ्वीचोक स्थित सवारी साधन चेकजाँच गर्दा पोखराबाट भैरहवा छुट्न लागेको प्रदेश १-०१००१ ख ३४३९ नम्बरको बसमा ड्राईभर बस्ने सिट अगाडी झोलामा लुकाई छिपाई राखेको लागू औषध एमफेटामाईन (आईस) जस्तो देखिने पदार्थ तत्काल तौल गर्दा ३७.५० ग्राम लागू औषध फेला पारेको हुँदा उक्त बस चालक र सहचालकहरूलाई उक्त बस सहित नियन्त्रणमा लिई अनुसन्धान प्रक्रिया अगाडी बढाइएकाे छ ।

यस्तै लागूऔषध ब्राराउनसुगर सहित ३ जनालाई पक्राउ गरेका थिए  । पक्राउ पर्नेमा  जिल्ला कास्की पोखरा महानगरपालिका- १७ दोभिल्ला बस्ने २१वर्षीय कौशल पुन मगर, साही वडा -१३ बाँझपाटन बस्ने २१ वर्षीय प्रशान्त गुरुङ र साेही पोखरा महानगरपालिका वडा-२१ कस्यार बस्ने २१ वर्षीय अनिस सुनारलाई पक्राउ गरेका थिए  ।

गत वर्ष २०८०/०७/१९ गते कास्की पोखरा महानगरपालिका-२१ कश्यारघाट स्थितमा लागू औषध वेचविखन गरेकाे गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की, वडा प्रहरी कार्यालय बैदाम र लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकाे थियाे  ।  उनीहरुकाे  साथबाट लागू औषध ब्राउनसुगर जस्तो देखिने खैरो पदार्थ १२ ग्राम ४० मिलिग्राम बरामद गरेका थियाे  ।  उनीहरु ३ जनालाई पक्राउ गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएकाे छ ।

यस्तै एटीएम मेसिन फोड्न खोज्ने एक जनालाई पक्राउ गरेका थिए  । पक्राउ पर्नेमा कास्की पोखरा महानगरपालिका- ९ नयाँबजारस्थितमा बबि ठाकुर सैलुन पसल संचालन गरी बसेका २० वर्षाीय बबि ठाकुरलाई पक्राउ गरेका थिए । उनले गत वर्ष २०८०/०७/२२ गते कास्की पोखरा महानगरपालिका ८ सभागृहचोक स्थितमा रहेको नबिल बैकको एटीएम मेशिनमा रहेको पैसा चोरी गर्ने उद्देश्यले फलामको रडले एटीएम मेसिनमा रहेको ढोकाको लक फोडेर भित्र पसी मेशिन समेत तोडफोड गर्दै गरेको अवस्थामा वडा प्रहरी कार्यलय बैदामबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेका थियाे  ।

उनले एटीएम मेशिन फोर्न प्रयोग गरेको फलामको रड थान-१, पेचकस थान-१थान, कपाल काट्ने कैची भाँचिएको अबस्थाको १ थान र ढुंगा १ थान समेत बरामद गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएकाे छ ।

यस्तै सहकारी र गृहमन्त्री रवि लामिछानेसँग जोडिएको बिषयमा कास्की जिल्ला प्रहरी कार्यालय कास्की प्रहरी प्रमुख मोहन कुमार थापाले जुन समयमा प्राप्त कागत अनुसार अगाडि बढ्नु गतल हैन छैन भन्दै दोषीदोषी नै हुन्छ निदोषी दोषी बनाउने प्रहरी कार्य अन्तर्गत नपर्ने बताएका छन्  । अपराधीक समुह र गलत आचरणका व्यक्ति पहिचान गरि आपराधिक कार्यको रोकथाम नै आज आबश्यकता रहेका बताएका छन्  ।

प्रतिक्रिया दिनुहोस्