सात दिने पत्रकारिता तालिम प्ररम्भ



उदयपुर ।

उदयपुरको गाईघाटमा घरेलु तथा साना उद्योग कार्यालय को आयोजना तथा नेपाल घरेलु तथा साना उद्योग महासंघको समन्वय र नेपाल पत्रकार महासंघ उदयपुरको सहजीकरणमा सोमबारदेखि पत्रकारिता तथा लेखन सीप सम्बन्धी तालिम प्रारम्भ भएको छ ।

घरेलु तथा साना उद्योग कार्यालय उदयपुरका प्रमुख नरेन्द्र पराजुलीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथिका रुपमा रहेको वरिष्ठ पत्रकार कौशल चेम्जोङले समाजमा रहेका सबै सचेत नागरिक पत्रकार रहेको र नयाँ पुस्ताका पत्रकारिता गर्नेले अब प्रविधिसँग सँगै हिड्न सक्नु पर्ने बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष भरत खड्का, नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष मधुकर थापा, प्रेस सेन्टर उदयपुरका अध्यक्ष सुपराज राई, प्रेस चौतारी उदयपुरका अध्यक्ष पुरुषेत्तम सापकोटा लगायतका वक्ताहरुले पत्रकारिता सम्बन्धी तालिमका बारेमा मन्तव्य दिएका थिए ।

कार्यक्रममा अध्यक्षता गरिरहेका घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख पराजुलीले घरेलु कार्यलयको आठ बटा कार्य क्षेत्र मध्ये पत्रकारिता क्षेत्र पनि पर्ने भएकोले सत्य तथ्य समाचार लेख्न र तटस्थ भएर लेख्नु पर्ने हुँदा त्यसकालागि प्रशिक्षण दिइएको र राजनीतिबाट उन्मुक्ति भएर स्वतन्त्र रुपले आफ्नो विज्ञता प्रस्तुत गर्न सक्नु पर्ने बताए ।

सोमबारदेखि आगामी आइतबारसम्म संचालन हुने सो तालिममा उदयपुरका २५ जना सहभागी भएका छन् भने प्रैस स्वतन्त्रता सेनानी तथा वरिष्ठ पत्रकार कौशल चेम्जोङ, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भरत खड्काले प्रशिक्षण दिइरहेका छन् ।

सो तालिममा पत्रकारिता सम्त्रन्धी आधारभूत तालिम, लेखन सीप तथा मोबाइल पत्रकारिता सम्त्रन्धी तालिम दिइने र दक्ष तथा योग्य, अनुशासित मर्यादित पत्रकारिताका लागि दक्ष पत्रकार जनशक्ति उत्पादन गरेर पत्रकारिता पेशालाई व्यवसायिक तथा मिसनका रुपमा विकास गर्न मद्दत पुग्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्