निजामती अस्पतालमा हेमोडायलासिस सेवा सुचारु



काठमाडौं ।  

निजामती कर्मचारी अस्पतालमा हेमोडायलासिस सेवा सुचारु भएको छ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मुकुन्द प्रसाद निरौलाले निजामती अस्पतालमा सोमबार आयोजित एक कार्यक्रममा हेमो डायलासिस सेवाको समुद्घाटन गर्नुभएको हो ।

उक्त कार्यक्रमका सचिव निरौलाले अस्पतालको वृद्धि विकासमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक प्रा.डा. विधान निधि पौडेल अस्पतालका विभागीय प्रमुख, युनिट इन्चार्ज , चिकित्सक, नर्स लगायतका कर्मचारीहरूको उपस्थिति रहेको थिए ।

प्रतिक्रिया दिनुहोस्