याे सरकार ८४ सम्म चल्छ : शंकर पाेखरेल



काठमाडौं ।

नेकपा एमाले महासचिव शंकर पोखरेलले याे सरकार मिसन ८४ सम्म चल्ने बताएका छन् ।

नेकपा एमालेको जिल्ला स्तरिय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै महासचिव पोखरेलले मुलुकको संकटबाट जोगाउन वर्तमान समिकरण बनेको बताए ।

जनताको मुद्दामा सरकारको ध्यान जानु पर्ने र जनताको लागि काम गरुनजेल सरकार नढल्ने महासचिव पोखरेलको धारणा छ । एमाले महासचिव पोखरेलले यो समिकरण सरकारबाट काम गर्न सकिन्छ भनेर नभई बिग्रेको कार्य रोक्न समिकरण सरकार बनेको बताए ।

सरकार २०८४ सम्म चल्ने बताउँदै नागरिक उन्मुक्ति पार्टी र जनमत पार्टीलाई सरकारमा सहभागी गराउन लागिएको महासचिव पोखरेलले जनाकारी दिए  ।

प्रशिक्षण कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा धादिङ ईन्चार्ज धर्मदत्त देवकोटा, जिल्ला अध्यक्ष भुमि त्रिपाठी लगायतको सहभागिता छ ।

प्रतिक्रिया दिनुहोस्