केट बडी सेमिङको सिकार



काठमाडौं ।

सुपरहिट हलिउड फिल्म टाइटनिककी अभिनेत्री केट विन्सलेट अभिनयका अलावा स्पष्टवक्ताको रूपमा पनि चिनिन्छिन्। प्रायः गरेर उनी लिङ्गभेद, बडी सेमिङ तथा शरीरिक परिस्थितिका आधारमा हुने भेदभावबारे राय दिइरहेकी हुन्छिन्। हालै एक अन्तरवार्तामा पनि केटले शारीरको बारेमा गरिएको टीका टिप्पणीबारे खुलेर कुरा गरेकी छन्।

भेराइटी म्यागेजिनसँगको कुराकानीमा उनले टाइटानिकमा अभिनय गरेपछि भोग्नुपरेको भद्दा मजाकबारे कुरा गरेकी हुन्। ‘आजका दिन सन् १९९८ का दिनभन्दा निकै फरक छन्। फिल्ममा अभिनय गरेपछि मैले बडी सेमिङको सामना गर्नुपरेको थियो। सञ्चारमाध्यमले खुलेरै मेरो शरीरमाथि टीका टिप्पणी गर्थे। जसको असर ममाथि केही वर्षसम्म चल्यो,’ उनले भनेकी छन् ‘त्यसबाट म निकै प्रभावित भएकी थिएँ।’

केटले फिल्मपछि आफ्नो शरीर मोटो भएको भन्दै सञ्चारमाध्यमले आफूमाथि टीका टिप्पणी गर्ने गरेको बताएकी छन्। उनले आजका अभिनेत्रीले त्यस्तो कुराको सामना गर्न नपर्ने बताएकी छन्।

‘हालका अभिनेत्रीको मिडियाले खुलेआम त्यस्तो टिप्पणी गर्दैनन्। अहिलेका अभिनेत्री हरेक कुरामा स्वतन्त्र छन्,’ उनले भनेकी छन्। फिल्म टाइटानिकबाट ग्लोबल स्टार बनेकी उनी जेम्स क्यमरुनको आगामी फिल्म अवतार–३ मा देखिने भएकी छन्।

प्रतिक्रिया दिनुहोस्