प्रताप र बेनिशाको शान मान हाम्रो

1.22k
Shares

काठमाडौं ।

देशप्रति समर्पित गीत लेख्दै आएका गीतकार तथा पत्रकार गोपालप्रसाद थपलियाले आफ्नो रचनामा शान मान हाम्रो स्वाभिमानको बोलको गीत सार्वजनिक गरेका छन्।

उनकै युट्युब च्यानलबाट सार्वजनिक गीतमा देशको भ्रष्टाचार हटाउन स्वाभिमान नेपाली जाग्नुपर्ने भावना छ। सबै मिलेमा भ्रष्टचार हट्छ र देश राम्रो बनाउन सकिन्छ भन्ने भावको गीतमा दीपक शर्माको संगीत, प्रताप दास र बेनिशा पौडेलको स्वर तथा सबिन सुवेदीको एरेन्जमेन्ट रहेको छ।

गीतको भिडियो स्टुडियोमा नै खिचिएको छ। जसमा प्रताप दास, बेनिशा पौडेल,संगीतकार दीपक शर्मा र गीतकार आफैं देखिएका छन्। गायिका पौडेलले देशभक्ति गीत गाउँदा निकै आनन्द महसुस भएको बताइन्। गीतकार थपलियाले यो गीतले आममानिसमा जागरण ल्याउन सहयोग पुग्ने बताए।