मातृभाषी फिल्ममाथि अन्तरक्रिया



CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82

काठमाडौं ।

चलचित्र विकास बोर्डअन्तर्गतको आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवद्र्धन समिति, जनजाति चलचित्र महासंघको आयोजना र मगर चलचित्रकर्मी संघ रूपन्देहीको सहआयोजनामा बुटवलमा मातृभाषी फिल्मको निर्माण प्रवद्र्धन बजारीकरण विषयक अन्तरक्रिया सम्पन्न भएको छ।

कार्यक्रममा आदिवासी जनजाति मातृभाषी चलचित्र प्रवर्द्धन समितिका संयोजक ज्योतिराज राईले फिल्म निर्माण अघि अध्यन र अनुसन्धान हुन आवश्यक रहेको बताए। कार्यक्रममा आदिवासी चलचित्रकर्मी महासंघका अध्यक्ष पुर्खाजीत राईले आदीवासी नेपालका मूलवासी भएकाले आफूहरूको भाषा नै नेपालको मूल भाषा भएको बताए।

कलाकार तथा निर्माता धनबहादुर गुरुङले सरकारले जनजातिको भाषा संस्कृतिलाई दमन गरेकै कारण आदीवासीको कथामा निर्माण गरिएका फिल्मले बजार पाउन नसकेको आरोप लगाए।

कार्यक्रममा मातृभाषा र सामुदायिक मुद्दामा आधारित चलचित्र निर्माण, निर्देशन र प्रवद्र्धनमा विशेष योगदान पुर्‍याउने मेजन पुनमगर, धनबहादुर गुरुङ र छविलाल (कोपिला) चौधरीलाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्