गोसाईकुण्ड दशहरा मेलामा १५ सय ९८ जनाले गरे दर्शन



काठमाडाैं ।

धार्मिक स्थल गोसाईकुण्डमा प्रत्येक वर्ष लाग्ने गंगादशहरा मेला भर्न १५ सय ९८ जनाले दर्शन गरेका छन् ।

जेठ २५ गते प्रतिपदा देखि असार २ गते दशमि सम्म लाग्ने दशहरा मेला भर्न नेपालभरबाट १५ सय ९८ जना तिर्थयात्रुहरू गोसाईकुण्ड पुगे यो धेरै कम हो यसपटक भाकल गर्दा नलाग्ने तिर्थ गर्दा नलाग्ने यो पटक शुक्रअन्न भएका कारण खासै मानिस नआएको गोसाईकुण्ड क्षेत्र विकास समिति रसुवाका अध्यक्ष सन्जिव डिएमले बतााए  ।

बर्सेनि गंगादशहरा मेला भर्न देशविदेशबाट दशौ हजार मानिसहरूको भिड लाग्ने गर्दर्थो यो पालि शुक्रअन्नको प्रभावले मानिसहरू तेति नआएको र बाह्रै महिना मानिसहरूको आवतजावत हुने भएर पनि कम मानिस आएको हुन सक्ने रसुवा नागरिक समाज का अध्यक्ष वावुलाल तामाङ ले बताए।

यस्तै लाङटाङ राष्ट्रिय निकुञ्ज का साहायक संरक्षण अधिकृत एवम सुचना अधिकारि मिलन सापकोटा का अनुसार निकुञ्ज हुँदै गोसाईकुण्ड जाने तिर्थालुहरू जेठ २३ देखि असार १ गते सम्म महिला ८ सय ११ जना र पुरूष ७ सय ८७ जना रहेका छन् ।

यसपटक को दशहरा मेला हरेक वर्ष को तुलनामा धेरै न्यून रहेको छ । आफुले गरेको भाकल पूरा नहुने भएकाले पनि तेति मानिसहरूको चाप नरहेको निकुञ्ज ले जानकारी दिएको छ । ४ हजार ३ सय ८० मिटरको उचाईमा रहेको गोसाईकुण्ड देवता र दानव मिलि समुन्द्र मन्थन गर्दा निस्केको हलाहल विषले संसार दग्ध गर्न लाग्दा विश्व को रक्षार्थ शिवले निल्न खोजेकाले घाटिमा अडकन गयो ।

कण्ठमा अडकेको विषका कारण डाहा भई शान्त पार्न माहादेव नेपालका विभिन्न स्थलहरु हुँदै यहाँ आईपुगेको र र त्रिशूलले पहरा खोपि पानी निकाली दह वनाई आफू डुवेर वसेको भन्ने कथन छ ।

प्रतिक्रिया दिनुहोस्