रविनाद्वारा एक सय करोड क्षतिपूर्ति दाबी गर्दै मुद्दा दायर



एजेन्सी ।

बलिउड अभिनेत्री रविना टण्डन मानहानिको मुद्दा लिएर अदालत पुगेकी छन्। केही दिनअघि रविनामाथि आरोप लगाउ“दै एक भिडियो भाइरल भएको थियो। जसमा रविनाले एक वृद्ध महिलालाई कुटपिट गरेको उल्लेख थियो।

रविनाले सोही भिडियो सेयर गर्नेविरुद्ध एक सय करोडको क्षतीपूर्ति माग गर्दै मानहानिको मुद्दा दायर गर्न अदालतको ढोका ढकढक्याउन पुगेकी हुन्।

रविनाले मदिरा पिएर वृद्ध महिलालाई कुटपिट गरेको भन्ने कुरामा विवाद बढेपछि प्रहरीले सो मामलामा अनुसन्धान गरेर रविना निर्दोष रहेको बताएको थियो। सो खबर राविनाले आफ्नो एक्स अकाउन्टबाट पनि जानकारी दिएकी थिइन। तर, सो मामलामा रविनाका वकिल सना रइश खानले गलत भिडियो बनाएर रविनाको छवि धमिलो बनाउने कोसिस गरेको भन्दै भिडियो बनाउने व्यक्तिविरुद्ध मानहानिको मुद्दा दायर गरेका हुन्।

सो भिडियोपछि रविनाले सामाजिक सञ्जालमा ट्रोलको सामना गर्नुपरेको थियो भने मानिसहरूले उनलाई सामाजिक सञ्जालमा गाली वर्षाएका थिए। तर, सो विवाद लामो समय टिकेन। प्रहरीले सीसीटीभी फुटेज जा“च गरेर रविना निर्दोष रहेको बताएको थियो।

प्रतिक्रिया दिनुहोस्