कंगारुमा जितु



काठमाडौं ।

सम्राट बस्नेतको निर्देशनमा बन्ने फिल्म कंगारुमा हास्य कलाकार जितु नेपाल ‘मुन्द्रे’ अनुबन्धित भएका छन्। फिल्ममा यसअघि कलाकार केदार घिमिरे ‘माग्ने बुढा’ र अर्पण थापा अनुबन्धित भइसकेका छन्।

राजीव गुरुङ (दीपक मनाङ्गे) को प्रस्तुतिमा बन्ने फिल्मको मुख्य भूमिकामा जितुको प्रवेशस“गै कलाकारको लाइनअप बलियो बन्दै गएको छ। जितुले यो फिल्ममा काम गर्ने सम्झौता गर्दा आफू निकै उत्साही भएको बताएका छन्।

‘फिल्म ज्वाईंसाबको सेटमै आएर हस्ताक्षर गराउनुभयो, यो अवसरका लागि निर्देशक सम्राट बस्नेतसँगै फिल्मको टिमप्रति आभारी छु,’ जितुले भने।

यसअघि फिल्म लाखे निर्देशन गरेका बस्नेतले यो फिल्म सस्पेन्स, थ्रीलर र कमेडी जनरामा निर्माण गर्न लागिएको बताए। हाल फिल्मका लागि अस्ट्रेलियामा छायाँकनस्थल अवलोकन गरिरहेका निर्देशक बस्नेतले ३५ दिनको छायांकन सेड्युल तय गरिएको तथा फिल्मको छायांकन अस्ट्रेलियाको सिड्नी, न्यूकासल, क्यानबेरालगायत क्षेत्रमा हुने जानकारी गराए।

फिल्ममा केही फरक कथा भन्ने निर्देशक बस्नेतको भनाइ छ। ‘स्क्रिप्टमा मात्र दुई वर्ष समय लगाइयो, केही फरक कथा भन्न मन लागेको छ। कंगारुका लागि हामीले घोषणा गरेर पनि समय लगाएका छौँ। यसपटक दर्शकले फरक स्वाद र फरक कथा हेर्न पाउनुहुनेछ,’ उनको दाबी छ। फिल्ममा सीमा गुरुङको कथा र सुशन प्रजापतिको छायांकन रहनेछ।

प्रतिक्रिया दिनुहोस्