बेहोस अवस्थामा भेटिएका दम्पतीको मृत्यु



काठमाडौं ।

ललितपुरका जावलाखेलमा बेहोस अवस्थामा फेला परेका दम्पतीको मृत्यु भएको छ । सिन्धुपाल्चोक घर भई हाल जावलाखेल अल्का अस्पताल पछाडि डेरा गरि बस्ने २५ वर्षीय उमेश सेन्चुरी र उनकी श्रीमती २५ वर्षीया रेणु सेन्चुरीको उपचारको क्रममा मृत्यु भएको हो ।

उनीहरू दुवै जना शुक्रबार राति साढे ८ बजे आफ्नै कोठामा अर्धबेहोस अवस्थामा फेला परेपछि प्रहरीले उपचारको लागि पाटन अस्पताल पुर्‍याएको थियो । उपचारको क्रममा उनीहरूको साढे ९ बजे मृत्यु भएको थियो ।

दुवैको शव शिक्षण अस्पताल महाराजगन्जमा पोस्टमार्टमको लागि पठाइएको छ । घटना सम्बन्धमा अनुसन्धान कार्य सुरु गरिएको ललितपुर जिल्ला प्रहरी परिसरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्