सुनकोशी नदीमा पुलबाट हाम हाल्दा एक पुरुष बेपत्ता



सिन्धुली ।

सुनकोशी नदीमा गए राती पुलबाट हामफाली एक जना पुरुष बेपत्ता भएका छन् ।

सिन्धुलीको गालेन्जोर गाउँपालिका ७ खुर्कोट बजारबाट रामेछाप तर्फ जाने सुनकोशी नदीको पुलबाट आफैँ हाम हालेका काठमाडौंँको बौद्ध– ६ बस्ने बर्ष ५६ का बिष्णु प्रसाद संग्रोला बेत्तपा भएका हुन् ।

गएको राती १० बजे एक अपरिचत पुरुषले पुलबाट सुनकोशी नदीमा हाम फालेको सुचना स्थानियले प्रहरीलाई गरेका थिए । तत्काल घटनास्थलमा प्रहरी पुग्दा एक थान मोबाईल भेटिएको र प्रारम्भिक अनुसन्धान गर्दा हामफाल्ने व्यक्ति संग्रोला रहेको भन्ने बुझिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

बेपत्ता संग्रोलाको खोजी कार्यका लागि ईलाका प्रहरी कार्यालय खर्कोटका प्रहरी निरिक्षकको कमाण्डमा राफ्टिङ सहित १६ जना प्रहरीको टाली खटाईएको सिन्धुलीका प्रहरी उपरिक्षक गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्