एकै ओभरमा नेपालले गुमायो २ विकेट, कुशल र कप्तान रोहित आउट



काठमाडौं ।

आइसिसी टी-२० विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाविरुद्धको खेलमा नेपालले दोस्रो विकेट गुमाएको छ । कप्तान रोहित पौडेल शून्य रन बनाएर आउट भएका हुन् ।

यसअघि कुशल भुर्तेल १३ रन बनाएर आउट भएका थिए । दक्षिण अफ्रिकाले नेपाल सामु जितका लागि १ सय १६ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्