टी-२० विश्वकप क्रिकेट : नेपाललाई चौथो सफलता

85.82k
Shares

काठमाडौं ।

आईसीसी टी–२० विश्वकप अन्तर्गत दक्षिण अफ्रिकाविरुद्ध नेपाललाई चौथो सफलता मिलेको छ।

नेपालका अलराउन्डर दीपेन्द्र सिंह ऐरीले महत्वपूर्ण विकेट लिएका हुन्। उनले ओपनर रिजा हेनड्रिकलाई ४३ रनमा पेभेलियनको बाटो देखाए। उनले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गरेका थिए।

यसअघि दीपेन्द्रले नै चौथो ओभरको चौथो बलमा दक्षिण अफ्रिकाका ओपनर क्वीन्टन डी कक लाई १० रन बनाउँदा आउट गरेका थिए।

वेस्ट इन्डिजको सेन्ट भिसेन्टस्थित आर्नस भेल स्टेडियममा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरिरहेको दक्षिण अफ्रिकाले १६ ओभरको खेल जारी रहँदा ४ विकेटको क्षतिमा ८५ रन बनाएर खेलिरहेको छ।