नालामा पुरिएर ३ महिलाकाे मृत्यु, कावासोती नगरपालिका तोडफोड



चितवन ।

पूर्वी नवलपरासीको कावासोती नगरपालिका तोडफोड भएकाे छ ।

बिहिबार कावासोतीमा निर्माणधीन नालामा पुरिएर ३ जना कामदार महिलाको मृत्यु भएको घटनाको विषयमा  प्रर्दशनकारीले नगरपालिका तोडफोड गरेको हुन् ।

शुक्रबार झण्डै २ सय जना स्थानीयले नगरपालिका बाहिर नाराबाजी गर्दै ढुंगा तथा इट्टा प्रहार गरेका थिए ।
स्थानीयको आक्रमणका कारण नगरपालिका भवनको पूर्वतर्फको झ्यालढोका फुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्