आयुष र शेखलाई बङ्गलादेशमा स्वर्ण



काठमाडौं ।

नेपालका आयुष ढुंगेलले बंगलादेशको ढाकामा भएको प्रथम बिकेएसपी अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियन्सीपमा स्वर्ण पदक जितेका छन्। आयुषले पुरुष ६३ केजी तौल समूहको उपाधि भिडन्तमा आयोजक राष्ट्रका अल सुवेद राइमलाई हराएका हुन् ।

पुरुष ५४ केजीमा पनि नेपालका खेलाडीले स्वर्ण जिते । नेपाली खेलाडी शेख इरफान खरेलले आयोजकका अब्दु जायद खानलाई हराएर स्वर्ण पदक हासिल गरेका थिए । तर, पुरुष ४५ केजमिा भने नेपालका पदम घले सेमिफाइनलमा भारतीय खेलाडीसँग हारेपछि कांस्य पदकमा सीमित बने ।

प्रतिक्रिया दिनुहोस्