नेहा पापाराजीबाट हैरान



काठमाडौं ।

बलिउड स्टारहरू कुनै कार्यक्रममा देखिँदा विशेषगरी पापाराजीहरूले विभिन्न खालका तस्वीर खिचेर हैरान पार्छन्। त्यही कारण कलाकारले उनीहरूको तस्वीर खिचाइमा असन्तुष्टि पोख्ने गरेको पाइन्छ।

यसैक्रममा बलिउड अभिनेत्री नेहा शर्मा पापाराजीहरूको साथ भड्किएकी छन्। उनले कलाकारहरूको गलत एंगलबाट तस्वीर खिच्ने तथा उनीहरूलाई जानकारी नदिई छाप्ने प्रवृतिको विरोध गरेकी छन्।

उनले पापाराजीको गलत हर्कतका कारण महिलाले आफ्नो ईच्छाअनुसारको पहिरन लगाउने स्वन्त्रताको हनन भएको बताएकी छन्। ‘पब्लिक फिगरका लागि त झन् आफ्नो ईच्छाअनुसारको कपडा लगाउन निकै सावधानी अपनाउनुपर्ने हुन्छ। किनभने पापाराजीका कारण कुनैबेला परिस्थिति तपाईको हातमा हुँदैन,’ भारतीय सञ्चारमाध्यमका साथ कुरा गर्ने क्रममा उनले पापाराजी संधै कलाकारको आपत्तिजनक अवस्थाको फोटो खिच्न लालायित हुने गरेको जनाउँदै भनेकी छन्।

बलिउडमा पापाराजीको विरोध गर्ने नेहामात्र पहिलो अभिनेत्री होइनन्। यसभन्दा अघि पनि जान्वी कपुर, मोना सिंहलगायतले पापाराजीको खुलेर विरोध गरेका थिए।

प्रतिक्रिया दिनुहोस्