राजनराज र सदीक्षाको खुर्सानीलाई बियाँ



काठमाडौं ।

गायक गायिका राजनराज शिवाकोटी र सदीक्षा कट्टेलको स्वरमा खुर्सानीलाई बियाँ बोलको गीत सार्वजनिक गरिएको छ। गीतमा राजेन्द्र थापाको शब्द रचना र राजनराजको संगीत रहेको छ।

आफ्ना सिर्जनामा मौलिक संगीत जोड्न खप्पिस गायक तथा संगीतकार राजनराजले खुर्सानीलाई बिया“मा पनि यसलाई निरन्तरता दिएका छन्। प्रसन्न पौडेल र प्रचण्ड पौडेलद्वारा निर्देशित गीतको भिडियोमा यसराज गराच, सामरिका ढकाल, अनिशा न्यौपाने र सरोज प्रजाले अभिनय गरेका छन्। डान्सिङ नम्बरको गीतमा कलाकारहरू निकै खुलेका छन्। भिडियोमा ग्रामीण सौन्दर्य र आधुनिक मानसिकताका फ्युजन गरिएको छ।

प्रकाश हमालद्वारा निर्मित भिडियोमा युमी बलामीको कोरियोग्राफी, निशान पौडेलको छायांकन र राजुजंग बस्नेतको सम्पादन रहेको छ। गायक तथा संगीतकार राजनराजको सुर्केथैली खै, कुटुमा कुटु, फुलबुट्टे सारी, चेप्टे चेप्टे पेरुङ्गो, चरीले काफल टिप्योलगायत गीत सर्वाधिक रुचाइएका गीतमा पर्छन्।

त्यस्तै, सदीक्षाका गीत माया रैछ र त भर रैछ नि, राजारानी, चोरीचोरी, फर्कीफर्कीजस्ता गीत हिट छन्। सदीक्षा नेपाल आइडल सिजन २ बाट उदाएकी हुन्।

प्रतिक्रिया दिनुहोस्