चितवनमा अस्ट्रेलियन दुलाहा



काठमाडौं ।

फिल्म अस्ट्रेलियन दुल्हाको पूर्वी चितवन रत्ननगरमा रहेको हरिहर मन्दिरमा पूजा गर्दै शुभ–मुर्हूत गरिएको छ। मुहूर्तसँगै फिल्मको छायांकन शुरू भएको छ।

करिब २५ दिन छायांकन सेड्युल रहेको यस फिल्म चितवनका विभिन्न रमणीय स्थानमा छायांकन गरिने निर्माण समूहले जानकारी गराएको छ। नेपालीहरू अस्ट्रेलिया जाने र उतै बस्ने मोहको कथा फिल्मले बोल्नेछ।

रेहान मियाको लेखन, निर्माण एवम् निर्देशनमा निर्माणाधीन फिल्ममा किशोर खतिवडा, प्रवीण आचार्य, अंकिता भुर्तेल, जीसु कोइराला, रेश्मा सुवेदी, लक्ष्मण नेपाल, विमल पौडेल, अन्जन शर्मा, केदार दवाडी स्वेता श्रेष्ठ, बालकलाकार अक्सा कोइरालालगायतले अभिनय गर्नेछन्।

करुणा फिल्मस् तथा म्याङगो प्लेजर प्रालीको ब्यानरमा कृष्णराज अर्यालद्वारा प्रस्तुत निर्माणाधीन फिल्ममा किशोर चौधरी र केदार बरुवाल क्षेत्रीको संगीत, र रवी कोइरालाको छायांकन रहनेछ। फिल्म आगामी तिहारमा रिलिज हुने निर्माण पक्षले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्