ओमानमाथि इङल्याण्डको शानदार जित



काठमाडौं ।

इङल्याण्डले  टी-२० विश्वकप अन्तर्गत ओमानमाथि शानदार जित हासिल गरेको छ। गए राति सम्पन्न खेलमा इङल्याण्डले ओमानलाई ८ विकेटले पराजित गरेको हो। ओमानले दिएको ४८ रनको लक्ष्य पछाएको इङल्याण्डले ३.१ ओभरमा २ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो।

यस अघि पहिला ब्याटिङ गरेको ओमान १३.२ ओभरमा ४७ रनमा अल आउट भएको थियो । ओमानका लागि शोयब खानले ११ रन बाहेक अन्य कुनै ब्याटरले दोहोरो अङ्कमा रन बनाउन सकेका थिएनन्। इङल्याण्डका बलर आदील रशिदले सर्वाधिक ४ विकेट लिए भने जोफ्रा आर्चर र मार्क वूडले ३-३ विकेट लिएका थिए। यो फर्किलो जितले इङल्याण्डको सुपर आठको सम्भावनालाई कायमै राखेको छ।

इङल्याण्डको ३ खेलमा ३ अङ्क भएको छ। समूह बी बाट अस्ट्रेलियाले ३ खेलमा तिनै खेल जितेर ६ अङ्कसहित सुपर आठमा पुगिसकेको छ भने भने स्कटल्याण्ड ३ खेलमा ५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ। त्यस्तै इङल्याण्ड ३ खेलमा ३ अङ्कसहित तेस्रो स्थानमा छ।  यस समूहबाट नामिबिया र ओमान बाहिरिइसकेका छन्।

अब अस्ट्रेलियाले स्कटल्याण्डसँग जुन १६ मा र इङल्याण्डले नामिबियासँग जुन १५ मा खेल्ने तालिका रहेको छ। अब अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा र इङल्याण्डले नामिबियालाई पराजित गरेमा मात्र इङल्याण्ड सुपर आठमा पुग्ने छ।

प्रतिक्रिया दिनुहोस्