शिक्षक सरुवासम्बन्धी निर्देशिका कार्यान्वयन नगर्ने चेतावनी



काठमाडौँ।

नेपाल नगरपालिका सङ्घ, गाउँपालिका राष्ट्रिय महासङ्घ र सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले शिक्षा, विज्ञान तथा प्रविधि राष्ट्रिय मन्त्रालयबाट यही जेठ १३ गते जारी भएको ‘शिक्षक सरुवासम्बन्धी निर्देशिका २०८१’ कार्यान्वयन नगर्ने चेतावनी दिएको छ।

नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले शिक्षामन्त्री सुमना श्रेष्ठलाई बुधबार पत्र पठाइ उक्त निर्देशिका संविधानको मर्म र विद्यमान शिक्षा ऐनकोे प्रतिकूल भएकाले खारेज गर्न माग गरेका छन् । सङ्घका अध्यक्ष भीमप्रसाद ढुङ्गाना र गाउँपालिका राष्ट्रिय महासङ्घ अध्यक्ष लक्ष्मीदेवी पाण्डेद्वयले हस्ताक्षर गरेको पत्रमा स्थानीय गाउँ÷नगरपालिका सभाबाट पारित स्थानीय शिक्षा ऐन कार्यान्वयन गर्न सबै पालिकालाई आग्रह गरिएको छ ।

यही जेठ २९ गते सामुदायिक विद्यालय व्यवस्थापन समिति महासङ्घ नेपालले सोही विषयमा आयोजना गरेको सरोकार भएकाहरु बिच भएको छलफलमा निर्देशिकामा असहमति व्यक्त गरिएको थियो । सो महासङ्घका अध्यक्ष गुणराज मोक्तानले यसबाट सामुदायिक विद्यालय सञ्चालन तथा गुणस्तर कायममा बाधा पुग्ने जिकिर गरे ।

प्रतिक्रिया दिनुहोस्