टी-२० विश्वकप: आजराति इङल्याण्ड र ओमान खेल्दै



काठमाडौँ। 

 जारी टी-२० विश्वकप अन्तर्गत आज राति समूह बी अन्तर्गत इङल्याण्ड र ओमानबीच खेल हुँदैछ । एन्टीगाको सर भिभीयन रिचार्ड्स स्टेडियममा हुने यो खेल आज राति १२; ४५ बजेदेखि सुरु हुँदै छ ।

जारी विश्वकपमा इङल्याण्डले राम्रो सुरुवात गर्न सकेको छैन । पहिलो खेल स्कटल्याण्डविरुद्ध बर्षाले रद्द भएपछि एक अंक हासिल गरेको इङल्याण्डले दोस्रो खेलमा अस्ट्रेलियासँग हार बेहोरेको थियो । इङल्याण्डको अहिले २ खेलमा एक अंक रहेको छ । त्यस्तै ओमानको भने यस विश्वकपमा यो अन्तिम खेल हो । यस अघि लगातार तीन खेलमा हार बेहोरेको ओमान समूह चरणबाटै बाहिरिएको छ ।

इङल्याण्ड र ओमानबीच अन्तर्राष्ट्रिय क्रिकेटमा हुन लागेको यो पहिलो खेल हो ।

इङल्याण्डले सुपर आठमा आफ्नो स्थान सुरक्षित गर्न यो खेल ठुलो अन्तरले जित्नुपर्ने अवस्था रहेको छ । समूह बी बाट अस्ट्रेलिया लगातार तीन खेल जितेर सुपर आठमा पुगेको छ भने स्कटल्याण्डले ३ खेलमा २ जित र एक खेल बर्षाले रद्द भएपछि ५ अंक हासिल गरेको छ ।

अब स्कटल्याण्ड अन्तिम खेलमा अस्ट्रेलियासँग खेल्दै छ । यस अवस्थामा इङल्याण्डले यो खेल तथा नामिबियासँगको खेल फराकिलो अन्तरले जितेमा तथा अस्ट्रेलियाले स्कटल्याण्डलाई पराजित गरेमा इङल्याण्डको सुपर आठको बाटो खुल्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्