थोराङ्ला भन्ज्याङमा  पर्यटक सहयोगीको मृत्यु 



 धादिङ। 

मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा बुधबार लेक लागेर (अक्सिजन अभावका कारण ) धादिङका एक युवकको ज्यान गएको  छ ।

मृत्यु हुनेमा धादिङको गङ्गा जमुना गाउँपालिका–५ फुलखर्कका हरि अधिकारी रहेका छन्। उनी  पर्यटक सहयोगीका रुपमा अन्नपूर्ण पदमार्गअन्तर्गतको पाँच हजार चार सय १६ मिटर उचाइमा अवस्थित थोराङ्ला भञ्ज्याङ पार गर्ने क्रममा उनको मृत्यु भएको मनाङका  प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले जानकारी दिए।

पदयात्राका क्रममा थोराङ्ला भन्ज्याङमा अधिकारीलाई लेक लागेको थियो। उनको घटनास्थलमै मृत्यु भएको हो। अधिकारीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको धादिङका द्रुपद अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्